धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको विरोधमा कैलालीमा राँके जुलुस निकालिएको छ। बिहिबार नेकपा प्रचण्ड–नेपाल समूह निकटको अनेरास्ववियूले कैलालीको बर्दगोरिया गाउँपालिकाको बौनियामा राँके जुलुस निकालेको हो।
सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध तथा १७ गते नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गर्ने विरोधसभाको समर्थनमा राँके जुलुस निकालिएको अनेरास्ववियू नेता योगेश बमले बताए।
प्रतिनिधिसभा विघटनविरुद्ध हुने विरोध सभालाई सम्बोधन गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल धनगढी आउने भएका छन्।
प्रतिकृया दिनुहोस