अछाममा कोरोना सङ्क्रमित शून्य

नजिक न्युज संवाददाता    

अछाममा कोरोना सङ्क्रमित शून्य

धनगढी : अछाममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । जिल्लाका १६ सय ६८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै सङ्क्रमितको सङ्ख्या शून्य भएको हो । 

१० ओटा स्थानीय तह रहेको अछामका सबै स्थानीय तहहरु तत्काललाई सङ्क्रमणमुक्त भइसकेको बताइएको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । 



सोमबार १२, माघ २०७७ ०८:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.