मनकारी पारस : आगलागी पीडित परिवारलाई नगद सहयोग

नजिक न्युज संवाददाता    

मनकारी पारस : आगलागी पीडित परिवारलाई नगद सहयोग

बाजुरा : सामाजिक अभियान्ता पारस रावलले घरमा आगलागीबाट लत्ताकपडा र अन्नपात जलेर नष्ट भएका परिवारलाई नगद सहयोग गरेको छ ।

जिल्लाको बुढीगंगा नगरपालिका–१० मा एक घरछानमा आगजनी हुँदा घरमा भएका लत्ताकपडा, अन्नपात जलेर पूर्णरुपमा नष्ट भएको थियो । सोही ठाउँका आगजनी पीडित शारदा शाहीको परिवारलाई नगद ४ हजार सहयोग गर्नु भएको हो । 

एक हप्ता पहिले घरछानामा आगलागी भएर घरमा भएको सबै अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको खबर पश्च्यात केही दिनलाई पूग्ने खाद्यन्नका    लागि भएपनि ४ हजार नगद प्रदान गरेको अभियान्ता पारस रावलले बताएका छन् । 

सामाजिक अभियानता पारस राववले जिल्लामा रहेका विपन्न, असाहय, पीडित परिवारलाई सहयोग गर्दै आएका छन् । उनी पछिल्लो समय सामाजिक अभियानमा अग्रसर भएर लागेका छन् ।                                            
 



सोमबार १२, माघ २०७७ ०८:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.