नेकपाका दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिने

नजिक न्युज संवाददाता    

नेकपाका दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई  निर्वाचन आयोगले मान्यता नदिने

काठमाडौं : निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’

यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।



सोमबार १२, माघ २०७७ ०७:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.