सुदूरपश्चिममा पहिलोपटक कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन सुुरु

नजिक न्युज संवाददाता    

सुदूरपश्चिममा पहिलोपटक कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन सुुरु

धनगढी: सुदूरपश्चिम प्रदेशमा पहिलोपटक महिला महिनावारी हुँदा प्रयोग गरिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको छ।

मानवअधिकारका लागि महिला, एकल महिला समूह डब्लूएचआर धनगढीले कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन सुरु गरेको हो।

महिनावारीका बेला प्रयोग गरिने सेनेटरी प्याडमा प्लाष्टिक मिसावट हुने र प्रयोग गरिसकेको प्याड नकुहिने तथा जलाउँदा प्रदूषण हुने भएकाले सुदूरपश्चिमको धनगढीबाट पहिलोपटक सहजै कुहिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको डब्लूएचआरका प्रादेशिक अधिकृत बेद अवस्थीले बताइन्।

जीआइजेडको आर्थिक सहयोग र धनगढी उपमहानगरपालिकाको समन्वयमा पहिलोपटक कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको उनले बताइन।उक्त सेनेटरी प्याड प्रयोग गरेको ६० दिनभित्रै कुहिने दाबी गरिएको छ। यो प्याडमा प्रयोग गरिएको सामग्रीमा प्लाष्टिक रहित हुनुका साथै किशोरीको प्रजनन स्वास्थ्यलाई ख्यालमा राखेर निर्माण गरिएको अधिकृत अवस्थीले बताइन। 

‘८ वटा पिसको ५० देखि ६० रुपैयाँसम्ममा बजारमा ल्याइने तयारीका थालिएको छ' उनले भनीन, ‘अब हामीले उत्पादन गरेका सेनेटरी प्याडलाई गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्न प्रक्रिया थालेका छौँ।’ 



आइतबार ११, माघ २०७७ ०९:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.