बाजुरा : प्रेस संगठन ओली समुहको बाजुरा जिल्ला संयोजकमा नन्दा थापा र सह–संयोजकमा रमित विक निर्विरोध चयन भएका छन् ।
गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती विद्यादेवि भण्डारीले संसद विघटन भएसंगै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दुई धारमा देखिएपछि दुवै समुहले आ–आफ्ना संगठनहरु पुर्नगठन गरिरहेका छन् ।
सोही क्रममा प्रेस संगठनको पनि राष्ट्रिय भेलापछि जिल्लादेखि केन्द्र तहसम्म जिम्मेवारी तोक्ने कार्य भैरहेका बेला बाजुरा जिल्लामा पनि ओली समुहको प्रेस संगठनको संयोजक पत्रकार थापा र सह–संयोजक पत्रकार रमित विकलाई जिल्लाको जिम्मेवारी दिएको प्रेस संगठन नेपालले जनाएको छ ।
प्रेस संगठन ओली समुहको बाजुराको संयोजकमा चयन भएकी नन्दा थापा नेपाल पत्रकार महासंघ बाजुरा जिल्ला शाखाको कोषाध्यक्ष र सह–संयोजकमा चयन भएका रमित विक सदस्य हुन् ।
प्रतिकृया दिनुहोस