गगन अयडी : जिल्ला बुढिगंगा नगरपालिका–५ नुवाधर भई हाल कार्यथलो बनाएर काठमाण्डौमा स्थायी जागिर गर्दै आएका गणेश थापाको बाज तम्रै नाम नामक देउडा गीत खप्तड म्युजिक डिजिटल सेन्टर मार्फत सार्वजनिक गरिएको छ ।
हाल काठमाडौ बसोबास गर्ने थापा पेशाले नेपाल सरकारको कृषि अधिकृत पदमा कार्यरत छन् । जिल्लाको परिवेशलाई समेटिएको उक्त देउडा गीतमा गायिका टिका पुनले सासथ दिएकी छन् ।
थापा एक नेपाल सरकारको निजमती कर्मचारी मात्र नभएर उनी देउडा गाएक भन्नेर पनि चर्चित बनेका छन् । यो गीतमा गायक जन्मेको बाजुरा नवाघर नौबिस वरिपरीको महत्वपूर्ण धार्मिक सांस्कृतिक विषय वस्तुलाई जस्ताको तस्तै झल्काएको छ ।
सुदुरपश्चिम कै सबै भन्दा महत्वपूर्ण सुन्दर भु–स्वर्ग बडिमालिकाको पहिचान,बाजुरा जिल्लाका प्रसिद्ध चाडपर्व हुने स्थानमा हुने जात्राको चर्चा, परिचय देखाईएको छ ।
देशमा लामो समय चलेको लकडाउनको शुन्यतामा परिवेशमा आफ्नै परिकल्पनाबाट आफ्नै व्यक्तिगत लगानीबाट सिर्जना गरेको यो गीत देउडा संगितमा उनको पहिलो प्रयास हो ।
सुदुर पश्चिमका विभिन्न ठाँउमा रेकर्डिङ गरिएको भिडियोमा देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्व विद्यालय किर्तिपुरको परिसर देउडा खेलको रेकर्डिङ भएको थियो । बाजुरा जिल्लाको भाषा संस्कृति पहिचान बोकेको यो गीत एकचोटि सबैले सुन्न आवश्यक रहेको छ ।
सुदुरपश्चिमकै चर्चित रचनाकार राजेन्द्र शाहले शव्द र लय संकलन रहेको छ । उक्त गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका छन् । भीम थापाले निर्देशन गरेको गीतको छायाङ्कन गरेको अभिनय रोजी कुवँर र टेक विष्टले गरेका हुन् ।
पूरा भिडियाे हेर्नुहाेस्:
प्रतिकृया दिनुहोस