शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : पहाडी

नजिक न्युज संवाददाता    

शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : पहाडी

कैलाली, भजनी: मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन्। 

समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी पहाडीले विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राखे। “राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनःस्थापनाको पक्षमा लाग्न जरुरी छ”, उनले भने।

समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का पैदा गरेको विचार व्यक्त गरे।



बिहिबार ०८, माघ २०७७ ०५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.