सुदूरपश्चिममा कोरोनाविरुद्धको खोपका लागि करिब २७ हजारको तथ्यांक संकलन

नजिक न्युज संवाददाता    

सुदूरपश्चिममा कोरोनाविरुद्धको खोपका लागि करिब २७ हजारको तथ्यांक संकलन

सुदूरपश्चिम प्रदेशमा पनि भारतले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिने भएको छ। 

सुदूरपश्चिम प्रदेश सरकार र मातहतका निकायले खोपको सुरक्षित भण्डारण गर्दै त्यसलाई प्राथमिकताका आधारमा लगाउनेगरि तयारी थालिएको बताएका छन्। 

पहिलो चरणमा सुदूरपश्चिम प्रदेशको ३ प्रतिशत जनसंख्याका लागि आउने कोरोना भाइरस विरुद्धको खोपमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दिइने छ। जसका लागि २६ हजार ७ सय २३ जनाको तथ्यांक संकलन गरिएको छ। जसमा एम्बुलेन्स चालक, शववाहन चालक, सरसफाईकर्मी लगायतलाई समेत प्राथमिकतामा राखिएको छ। 

प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लाबाट अग्रमोर्चामा खटिने १४ हजार ६ सय ६६ स्वास्थ्यकर्मी  र १२ हजार ५७ जना सुरक्षाकर्मीको तथ्यांक संकलन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराजले बताए। पहिलो चरणमा करिब १ लाख जति खोप सुदूरपश्चिमका लागि पठाउने अनुमान गरिएको छ। 



बिहिबार ०८, माघ २०७७ ०५:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.