हुम्ला : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले पार्टीको कार्यक्रममा हुम्लाको ताँजाकोट गाउँपालिकाको सरकारी गाडी प्रयोग गरेका छन् । गाउँपालिका अध्यक्ष बाग्दल मल्लको नेतृत्वमा जिल्लास्थित प्रचण्ड–नेपाल समुहका नेता तथा कार्यकर्ताले गाउँपालिकाको सरकारी गाडीको मनपरी तवरमा प्रयोग गरेका हुन् ।
आइतबार गाउँपालिकाको सरकारी सेतो पिलेट भएको सवारी ताँजाकोट हुँदै कार्यकर्ता तथा नेता बोकेर अदानचुली गाउँपालिकामा पुर्याइएको रेडियो श्रीनगरका मोहन बुढाले जानकारी दिनुभयो ।
गाउँपालिकाको सरकारी गाडीमा गाउँपालिका अध्यक्ष मल्ल बाहेक अन्य सबै प्रचण्ड–नेपाल समुहका जिल्ला स्थित नेता तथा कार्यकर्ता गोपाल बुढा, एट्म परियार र शिभराज शर्मा लगायतका अरु सामान्य पार्टीका कार्यकर्ता समेत सवार भएको श्रीनगरका स्थानीयले बताएका छन् ।
ताँजाकोट गाउँपालिकाको सरकारी गाडी कार्यालयको काम भन्दा पनि नेता कार्यकर्ता ओसारपसार गर्ने भाडो बनेको छ । ताँजकोट गाउँपालिकाको गाडी छ भनेर सबैलाई थाहा भएपनि प्रचण्ड नेपाल समुहको कार्यक्रममा सरकारी गाडीको मनपरी दुरुपयोग गरीएको हो ।
यस्तै प्रत्येक वडामा वितरण गरीएका मोटरसाइकल कता छन् र कुन हालतमा छन् भन्ने कोही कसैलाई नभएको थाहा नभएको यहाँका स्थानीयले बताएका छन् । ताँजकोट गाउँपालिकाका जनप्रतिनिधिहरुले नियम विपरीत पालिकाको सरकारी सवारीको अनियमितता गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस