बाजुरा : नेकपा खप्तड छेडेदह गाउँ कमिटीले सथप ग्रहण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । नेकपा ओली पक्षको जिल्ला कमिटीमा सिफारिस भएका व्यक्तिहरुलाई सपथ ग्रहण गराईएको हो ।
गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरि गाउँ कमिटी, वडा कमिटीका नेता कार्यकर्तालाई प्रशिक्षण समेत प्रदान गरिएको गाउँ कमिटी अध्यक्ष गोपाल बुढाले बताएका छन् ।
प्रदेश कमिटी, जिल्ला कमिटी र गाउँ कमिटीमा सिफारिस भएका सदस्यलाई सपथ ग्रहण गराईएको राष्ट्रिय युवा संघका नेता शेरबहादुर ओलीले बताएका छन् । नवनिर्वाचित जिल्ला कमिटी सदस्यलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा केन्द्रीय सदस्य लालबहादुर ओलीले सपथ ग्रहण गराउनु भएको हो ।
गाउँपालिकामा केही संख्यामा जिल्ला कमिटी सदस्य बाहेक सिंगो गाउँ कमिटी, वडा कमिटीहरु नेकपा ओली पक्षमा देखिएको छ । गाउँपालिकाबाट प्रतिनिधीत्व गर्ने केन्द्रीय सदस्य, जिल्ला कमिटी सदस्य, गाउँ कमिटी सदस्य, जनप्रतिनिधी, वडा कमिटी सदस्य र जनवर्गिय संगठनहरु ओलीकै पक्षमा लागेको गाउँपालिका इन्चार्ज समेत रहेका नेकपा नेता दिपक रावतले बताएका छन् ।
गाउँ कमिटी अध्यक्ष गोपाल बुढाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य लालबहादुर ओली रहनु भएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य लालबहादुर खड्का, दिलबहादुर रावत, जिल्ला कमिटी सचिवालय सदस्य दिपक रावत, पदम नेपाली सहीतले मन्तव्य राख्नु भएको जिल्ला कमिटी सदस्य दिपक नाथले बताएका छन् ।
बोल्ने बक्ताले ओली नेतृत्वको नेकपाको मात्र भविष्य रहेको सन्देश गाउँपालिकाको एकताले दिएको भन्दै ओलीकै पक्षमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गाउँ कमिटी सचिव अम्म नाथले सञ्चालन गरेको कार्यक्रममा २ सय बढी नेता अगुवा कार्यकर्ता सहभागि रहेका थिए । कार्यक्रमको स्वागत मन्तव्य नेकपा नेता नन्दबहादुर रावतले बताएका छन् ।
प्रतिकृया दिनुहोस