बाजुरा : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लालबहादुर ओलीले कम्यूनिष्ट बीचको एकतालाई कायम गर्ने गरी गतिविधी सञ्चालन गर्न सुझाव दिएका छन् । नेकपा खप्तड छेडेदह गाउँ कमिटीले आयोजना गरेको सपथ ग्रहण तथा अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा ओलीले गाउँपालिका स्तरको एकता भत्काउन नहुने बताएका हुन् ।
विचार, आस्था र उदेश्यले एक हुन सक्ने बीचको एकता र सहकार्य जरुरी रहेकोले गाउँ स्तरमा विभाजन जरुरी नरहेको बताएका छन् । मुल नेतृत्व बीचमा केही समस्या र असमझदारी भएपनि तल्लो कमिटीमा त्यसको रंग देखिन नहुने बताएका छन् ।
सपथ ग्रहण तथा प्रशिक्षणका लागि गाउँपालिका पुगेका ओलीले अगुवा कार्यकर्ताका बीच ओली समूह र प्रचण्ड माधव समूहका नाममा गाउँ, टोलमा विभाजन देखिन नहुने र त्यो छेडेदहमा नदेखिने दाबी गरेका छन् ।
केहि साथीहरु केन्द्रिय समिरकणकै लहलहैमा लागेर बाहिर देखिएपनि विपक्षसँगको लडाइमा सबै एकै ठाउँमा देखिने बताएका छन् । ओलीको अडान, स्पष्ट उदेश्य र सपना सिंगो मुलकको हितमा रहेकोले त्यसमा आवद्ध हुनुको विकल्प भने नरहेको ओलीको भनाई छ ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य लालबहादुर खड्काले खप्तड छेडेदहमा विभाजनको असर नपरेको र पर्न नदिने गरी एकता कायम गर्नु पर्ने बताएका छन् । अर्का प्रदेश कमिटी सदस्य दिलबहादुर रावतले केही साथीहरु उता लागेको सुनिएपनि ढिलो चाँडो सबै एक ठाउँमा हुनुको विकल्प नरहेको बताएका छन् ।
गाउँ कमिटीका अध्यक्ष गोपाल बुढाले पूर्व एमाले र पूर्व माओवादी खप्तड छेडेदह गाउँपालिकामा नहुने र त्यो हुन नदिने वातावरणका लागि आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । कार्यक्रममा नेकपा नेताहरु दिलबहादुर रावत, पदम नेपाली सहीतले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस