महिला विकास मञ्चद्धारा १० लाख बढीको विद्यालय सरसफाइ सामाग्री सहयोग

नजिक न्युज संवाददाता    

महिला विकास मञ्चद्धारा १० लाख बढीको विद्यालय सरसफाइ सामाग्री सहयोग

बाजुरा : कोरोना संक्रमणको बेला क्वोन्टाइनका रुपमा प्रयोग गरिएका सामुदायिक विद्यालयलाई सरसफाइ सामाग्री सहयोग गरिएको छ । युनेस्को, युएन वुमेनको सहयोग, कोइका र महिला विकास मञ्चको सयुक्त सहकार्यमा जिल्लाका तीन वटा स्थानीय तहका १३ वटा विद्यालयलाई सरसफाइ सामाग्री सहयोग गरिएको हो । 

No description available.सहयोग सामाग्री जिल्लाका त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका १३ वटा सामुदायिक विद्यालयलाई सहयोग गरिएको हो । विद्यालय सरसफाइ र निःसंक्रमिकरणका लागि सामाग्री सहयोग गरिएको महिला विकास मञ्चका कार्यक्रम संयोजक कृष्ण दानीले बताएकी छन् । 

विद्यालय सरसफाइ अन्र्तगत १० लाख बढीको सहयोग सामाग्री सम्बन्धीत विद्यालयलाई सहयोग गरिएको छ । क्वारेन्टाइन बनाएकै कारण दुर्गन्धीत बनेका, सेनिटाइज नगरिएका र जोखिम कायमै रहेका विद्यालयलाई लक्षित गरेर सहयोग गरिएको कार्यक्रम संयोजक दानीको भनाइ छ ।

No description available.बसाइ व्यवस्थापन, सुरक्षा चुनौति र संक्रमणको जोखिम बढ्ने देखिएकै कारण सम्बन्धीत विद्यालयसँगको सहकार्यमा सुरक्षा सामाग्री सहयोग गरिएको हो । सरसफाइ सामाग्रीमा श्वासप्रश्वास संरक्षण मास्क, हात र पाखुरा सम्म छोप्ने पुनप्रयोग गर्ने हेवीड्युटी पन्जा, डपबाट रक्षागर्न पानी प्रतिरोधि एप्रोन सहयोग गरिएको छ ।

यस्तै क्लोरिन मिश्रण बनाउने प्लास्टिक भाँडा, सुरक्षीत अनुहार कवज (फेस सिल्ड), मापन कप (योजना चम्चा), बाल्टिनहरु (१० वा २० लि. क्षमता), ब्लिचिङ पाउडर (३० % कलोरिन), भुइँ पुछ्ने पोछामा राख्ने सुती कपडा, फरक फरक रंगको सफा  कपडाहरु, जरकिनहरु (५ लि. क्षमता), प्रत्येक विद्यालयलाई सहयोग गरिएको छ । 

यसैगरी ल्याटेक्स ग्लोभ्स, साबुन र झोल साबुन, तौलिया, फोहोर राख्ने बाल्टिन (१० लिटरको खुटेटाले थिच्ने मिल्ने, गुडाउने टली  र त्यसमा राख्ने ३ वटा फरक रंगका वाल्टिनहरु (आवश्यकताअनुसार)चर्पी ब्रस, कुचो ( होल्डर सहित), सर्फ (डिटर्जेन्ट), बाल्टिनहरु (पलाष्टिक ) सहीतका सामाग्री सहयोग गरिएको हो ।

सहयोग बुढीगंग नगरपालिकाका भानुदय मावि, सारदा मावि, थुमा मावि, राजेन्द्र आधारभुत विद्यालयलाई गरिएको छ । भने त्रिवेणी नगरपालिकाका मष्टेश्वरी मावि, कैलाशेश्वरी मावि, पावर्त मावि, रत्न माविलाई सहयोग गरिएको छ ।

खप्तड छेडेदह गाउँपालिकाका भवानी मावि, खापर देवस्थली मावि, काँडा भवानी मावि र मालिका माविलाई सरसफाइ सामाग्री सहयोग गरिएको महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्टले बताएकी छन् । सहयोग प्राप्त पछि विदालय खुसी भएका छन् । सरसफाइ व्यवस्थापन र कोरोना संक्रमणको जोखिम कम गर्न सजिलो हुने विद्यालयले बताएका छन् ।

No description available.



सोमबार ०५, माघ २०७७ ०८:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.