बाजुरामा अनियमित विद्युत कटौति हुन थालेपछि नगरबासी हैरानी खेप्दै

प्रमित वि‌क‌    

बाजुरामा अनियमित विद्युत कटौति हुन थालेपछि नगरबासी हैरानी खेप्दै

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा बेला बेला विद्युत कटौतीले समस्या हुन थालेको छ । सदरमुकाम मार्तडीमा विद्युत कटौतीको समस्या अझैपनि कायमै रहेको छ । 

सिङ्गो मुलक लोडसेडिङ मुक्त गरिएका बेला जिल्ला सदरमुकाम मार्तडी लगायत अन्य स्थानमा समेत अनियमित विद्युत कटौती हुन थालेपछि नगरबासीलाई हैरानी खेप्नु परेको स्थानीयले गुनासो गरेका छन् ।

चिसो मौसममा समेत साँझ विहानको समयमा दैनिक जसो लोडसेडिङ तथा विद्युत कटौती हुन थालेपछि सास्ती खेप्नु परेको जिल्ला सदरमुकाम मार्तडीका स्थानीयले बताएका छन् ।

दैनिक जसो आधादेखि एकघण्टासम्म विद्युत जान थालेपछि सञ्चार माध्यमसहित व्यापार ब्यवसायीहरुलाई समस्या भएको छ । नौ वटै स्थानीय तहका मानिसहरु सरकारी कार्यालयको काम र अन्य कामकाजका लागि जिल्ला सदरमुकाम मार्तडी आउने गर्दछन् । सदरमुकममै पटक–पटक विद्युत कटौतीले सेवाग्राही मर्का परेका छन् ।  

जिल्ला सदरमुकाम मार्तडीमा संचालन भईरहेको त्रिवेणी साना लघु जलविद्युतले नयाँ उपकरण ल्याउन नसक्दाँ विद्युत अनियमित र पटक–पटक विद्युत कटौती गर्नु परेको हो । प्राविधिक कारण भन्दै दैनिक जसो मनलाग्दी रुपमा विद्युत कटौत हुन थालेपछि विद्युतको साहाराले गर्नुपर्ने दैनिक काम प्रभावित हुनुका साथै चिसोमा हिटर, गिजर, एसी लगायतका विद्युतिय उपकरण प्रयोग गर्न समस्या भइरहेको गुनासो बढ्दो छ ।

जिल्लाका सञ्चार माध्यमसहित सरकारी कार्यालयले समेत लोडसेडिङले सेवामा समस्या भोगेका छन् । चिसो मौसमको बेलामै विद्युत अनियमित हुँदा न्यानोका लागि प्रयोग गर्ने हिटर जस्ता उपकरण चलाउन नपाँदा चिसोले कठ्याग्रीएर बस्नु परेको कर्मचारी टेक थापाले बताएका छन् ।  

बडीमालिका नगरपालिका–१ पिनालेखमा पनि दैनिक कम्तीमा ढेडदेखि दुई घण्टासम्म विद्युत कटौती हुने गरेको पिनालेखका स्थानीय सोही स्थानमा रहेको त्रिभोवन आधारधुत विद्यालयका कर्मचारी प्रकाशचन्द्र भण्डारीले बताए ।

विद्युत आउन जाने भएपछि विद्यार्थीलाई पनि पढाईमा समस्या हुन थालेको छ । बेल्का ६ बजे बत्ती जान्छ, राती सुतिसकेपछि बत्ती आउँन्छ । यसले गर्दा विद्यार्थीको पढाईमा समेत प्रभाव परेको र विद्यालयमा पनि कम्प्यूटरमा कुनै काम गर्न खोज्दा बत्ती झ्याप झुपले गर्दा काम पनि बाधा आउने गरेको भण्डारीले भने ।

गाउँघरकै विद्यालयमा अध्ययनरत विद्यार्थी दिनमा स्कुल जाने तथा अन्य घरको काम गर्ने भएकाले बढी जसो विद्यार्थी बेल्का पढ्ने गर्दछन्, यद्यपी विद्युत कटौतीले विद्यार्थीको पढाईमा समेत समस्या हुन थालेको उनले बताए ।

सेवाग्राहीले नियमित रुपमा बत्ती बाल्न नपाए पनि मासिक रुपमा महसुल तिर्न बाध्य भएको भण्डारीको भनाई छ । पटक–पकट बत्ती आउने र जाने मात्र गर्छ, दिन र रातीमा आउने र जाने गरेकोले सेवाग्री बत्ती बाल्न भन्दा पनि महसुल तिर्ने गरेको भण्डारी बताउनुहुन्छ ।

 त्रिवेणी साना लघु जलविद्युत केन्द्रले भने मेसिन खराबीले गर्दा विद्युत कटौती भइरहेको दाबी गदैँ आएको छ । मेसिन टा«न्सफर्मरमा हुने समस्या र फ्यूज जाने तार चुडीने जस्ता प्राविधिक समस्याले गर्दा विद्युत कटौती गर्नु परेको केन्द्रले बताउँदै आएको छ ।  
 



सोमबार ०५, माघ २०७७ ०५:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.