बाजुराको त्रिवेणी नगरपालिकाबाट पाचँ दिनपछि दुई जना चोर पक्रउ

नजिक न्युज संवाददाता    

बाजुराको त्रिवेणी नगरपालिकाबाट पाचँ दिनपछि दुई जना चोर पक्रउ

बाजुरा : जिल्लाको त्रिवेणी नगरपालिकाबाट चारेकाे पाँच दिनपछि दुई जना चोर प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका– पन्तालीमा रहेको विद्यालयको कम्प्यूटर लगायत विद्यालयका अन्य समाग्री र पसलबाट जुत्ता, चपल र रिचार्ज चोरेको आरोपमा दुई जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका वडा नं.८ पन्तालीका १५ वर्षीया चिरन साउँद र सोही ठाउँका १७ वर्षीया सोविन साउँद रहेको बडीमालिका प्रहरी चौकी इन्चार्ज हरीसिंह भाटले बताएका छन् ।

केही दिन अगाडी पन्तालीमा रहेको विद्यालयबाट कम्प्यूटर र पसबाट जुत्ता, चपल र रिचार्ज चोरी भएको थियो । सामाग्री चोरी भए पश्च्यात प्रहरीले खाजी कार्य सुरु गरेको पाँच दिनपछि चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरी बताए ।       

रिचार्ज चोरी भएको पसलवालाले भने रिचार्ज पिन नम्बर आफूसंग राखेको थिए । सो पिन नम्बर नेपाल टेलिकमलाई जानकारी गर्दा चोरहरु पत्ता लागेको बताए । थप अनुसन्धानका लागि पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाएकोे बताएका छन् । 
 



सोमबार ०५, माघ २०७७ ०४:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.