ओलीमय गौमुल : सबै कमिटीहरु ओली नेकपाकोे पक्षमा

नजिक न्युज संवाददाता    

ओलीमय गौमुल : सबै कमिटीहरु ओली नेकपाकोे पक्षमा

बाजुरा : नेकपा गौमुल गाउँ कमिटीको सथप ग्रहण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । नेकपा ओली पक्षको जिल्ला कमिटीमा सिफारिस भएका व्यक्तिहरुलाई सपथ ग्रहण गराईएको छ । 

गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरि गाउँ कमिटी, वडा कमिटीका नेता कार्यकर्तालाई प्रशिक्षण समेत प्रदान गरिएको गाउँ कमिटी अध्यक्ष देवबहादुर रोकायाले बताएका छन् । गाउँ कमिटीको विस्तार बैठकबाट जिल्ला कमिटी सदस्यलाई सपथ ग्रहण गराईएको अनेरास्ववियुका जिल्ला संयोजक राजीव रोकायाले बताएका छन् ।

नवनिर्वाचित जिल्ला कमिटी सदस्यलाई बैठकका प्रमुख अतिथि एवं नेकपा केन्द्रीय सदस्य बसुन्धरा रोकायाले सपथ ग्रहण गराउनु भएको हो । सिंगो गौमुल गाउँपालिका नेकपा ओली पक्षमा देखिएको छ । 

गौमुलबाट प्रतिनिधीत्व गर्ने केन्द्रीय सदस्य, जिल्ला कमिटी सदस्य, गाउँ कमिटी सदस्य, सबै जनप्रतिनिधी, वडा कमिटी सदस्य र जनवर्गिय संगठनहरु ओलीकै पक्षमा लागेको गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा सचिवालय सदस्य हरिबहादुर रोकायाले बताएका छन् ।

अनेरास्ववियुका नेता हिक्मत रोकायाले सञ्चालन गरेको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य बसुन्धरा रोकाया, प्रदेश सदस्य कलक बहादुर सिंह, जिल्ला कमिटी सदस्य हरि रोकाया, सीता थापा, तुलसीराम रोकाया, अनेरास्ववियुका केन्द्रीय सदस्य राजीव रोकायाले मन्तव्य राख्नु भएको थियो ।

Image may contain: 2 people, including Rajib Rokaya, people standingगाउँ कमिटी अध्यक्ष देवबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको बैठकमा २ सय बढी सहभागि रहेका थिए । बोल्ने बक्ताले ओली नेतृत्वको नेकपाको मात्र भविष्य रहेको सन्देश गौमुल एकताले दिएको भन्दै ओलीकै पक्षमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बैठकले गाउँ कमिटी र वडा कमिटी सदस्य थप गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

Image may contain: one or more people and people sittingयस्तै भोलि नेकपा खप्तड छेडेदह गाउँपालिकाको विस्तारीत बैठक तथा सपथ ग्रहण कार्यक्रम सञ्चालन हुने भएको छ । गाउँ कमिटीको आयोजनामा जिल्ला कमिटीमा सिफारिस भएका व्यक्तिहरुलाई सपथ ग्रहण र गाउँ कमिटीको विस्तारीत बैठक तथा प्रशिक्षण सञ्चालन गरिने गाउँ कमिटी अध्यक्ष गोपाल बुढाले बताएका छन् । कार्यकर्ता प्रशिक्षण तथा सथप ग्रहण नेकपा केन्द्रीय सदस्य लालबहादुर ओलीले गराउनु हुने कार्यक्रम रहेको छ । 



आइतबार ०४, माघ २०७७ ०७:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.