ओलीमय खप्तड छेडेदह : एकैदिन ७ वटै वडामा नेकपा वडा कमिटी बैठक सञ्चालन

नजिक न्युज संवाददाता    

ओलीमय खप्तड छेडेदह : एकैदिन ७ वटै वडामा नेकपा वडा कमिटी बैठक सञ्चालन

बाजुरा : विभाजनको संघारमा पुगेको नेकपा भित्र पार्टी संगठन निर्माणका काममा दुबै समूह सक्रिय देखिएका छन् । जनसभा देखि प्रशिक्षण भेलासम्म र कार्यकर्ता भेटघाट देखि वडा कमिटीका बैठकसम्म देश व्यापी चरिहेका छन् । 

सोही क्रममा बाजुरामा नेकपा ओली समूहले आफ्ना गतिविधीलाई तिब्रता दिएको छ । पार्टी जिल्ला कमिटीको चौथो बैठकले गरेको निर्णय अनुसार वडा कमिटी बैठक देखि पालिका स्तरीय आम सभाको तयारी थालिएको नेकपा केन्द्रीय सदस्य लालबहादुर ओलीले बताएका छन् ।

नेकपाले जिल्लाका नौ वटै स्थानीय तहका केन्द्रीय सदस्यहरुलाई भेला तथा बैठकको जिम्मेवारी दिएको छ । केन्द्रीय सदस्य ओलीका अनुसार नेकपा खप्तड छेडेदह गाउँ कमिटीले ७ वटै वडामा बैठक गरेको छ ।

उपलब्ध नेताहरुको उपस्थितिमा ७ वटै वडा कमिटीले बैठक सञ्चालन गरेका छन् । विभाजनको न्यून मात्रामा प्रभाव देखिएको खप्तड छेडेदह गाउँपालिकाका वडा कमिटी बैठकमा उत्साह जनक उपस्थिति देखिएको नेकपा जिल्ला कमिटी सदस्य दिपक नाथले बताएका छन् ।

खप्तड छेडेदह गाउँपालिका नेकपा ६ नम्बर वडा कमिटीका अध्यक्ष सुरेश विष्टको अध्यक्षतामा बैठक बसेको छ । बैठकले वडा कमिटी विस्तार र गाउँ कमिटीमा लैजाने सदस्य बारे निर्णय गरिएको छ । 

बैठकले २५ सदस्यीय वडा कमिटी र ९ जनालाई गाउँ कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । ५२ जना सहभागि बैठकमा नेकपा नेताहरु तुले नाथ, अम्म नाथ, लालवीर नाथ, मनी नाथ, धने नाथ, धने बुढा, अंगे नाथ, बने नाथ, युवा संघका शेर विष्ट, कुमार नाथ जनक चदारा,  कलक नेपाली  सहीत सहभागि थिए । 

यस्तै ७ नम्बर वडा कमिटी अध्यक्ष देवबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले वडा कमिटीमा नयाँ १५ जना थप गरिएको छ । भने नौ जनालाई गाउँ कमिटीमा सिफारिस गरिएको छ । 

नेकपा प्रदेश कमिटी सदस्य लालबहादुर खड्का जिल्ला कमिटी सदस्य रणबहादुर ओली, गाउँ कमिटी सदस्य नरबहादुर कठायत र खगेन्द्र रावत युवा संघका  रामबहादर कठायत र विक्रम ओली सहभागि रहेका थिए । बैठकमा ९० बढी सहभागि रहेको गोविन्द्र रावतले जानकारी दिएका छन् ।

यस्तै ३ नम्बर वडा कमिटीको बैठक पनि धनबहादुर रावतको अध्यक्षतामा बसेको छ । दिपक रावत प्रमुख अतिथि रहेको बैठकमा नेकपा नेताहरु गोपाल बुढा, विक्रम सुनार, विरबहादुर बुढा शेरबहादुर रावत सहीत सहभागि थिए । बैठकले १० जनालाई गाउँ कमिटीमा पठाउने सिफारिस गरेको छ । भने २६ जना थपेर ६३ सदस्यीय वडा कमिटी गठन गरेको छ । 

४ र ५ नम्बर वडा कमिटीको बैठकले पनि वडा कमिटीमा सदस्य थप्ने र गाउँ कमिटीका लागि सिफारिस गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता राजेश सुनारले बताएका छन् । भानबहादुर बोगटीको अध्यक्षतामा बसेको बैठकले ६ जना गाउँ कमिटीमा पठाउने र ६ जना वडा कमिटीमा थप गर्ने निर्णय गरेको छ । ४ नम्बर वडा कमिटीको बैठकमा नेता दिल्ली सुनार, पदम कठायत  दलबहादुर धामी सहीत सहभागि थिए ।

१ र २ नम्बर वडामा पनि बैठक बसेको छ । बैठकले ५ गते डोगडीमा आयोजनागर्ने बृहत कार्यकर्ता भेलाको अघिल्लो दिन बैठक बसेर वडा कमिटी र गाउँ कमिटी पठाउने नामावली टुंगो लगाउने निर्णय गरेको १ नम्बर वडा कमिटी अध्यक्ष मिनबहादुर सार्कीले बताएका छन् ।



शुक्रबार ०२, माघ २०७७ ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.