भवन निर्माणको भेलामा विव्यस गठनगरेपछि त्रिशक्ती माविमा विवाद

नजिक न्युज संवाददाता    

भवन निर्माणको भेलामा विव्यस गठनगरेपछि त्रिशक्ती माविमा विवाद

बाजुरा : त्रिशक्ती मावि बाह्विसको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया बारे समुदाय स्तरबाट विरोध आएको छ । विद्यालयको भवन निर्माण समिति गठन गर्ने छलफलबाटै विद्यालय व्यवस्थापन समिति गठन गरिएपछि सेवा क्षेत्रका अभिभावकहरुले विरोध गरेका हुन् ।  

केही व्यक्तिहरुको उपस्थितिमा जनप्रतिनिधीकै दबाबबाट विव्यस समिति गठन गर्न लगाईएको आरोप अधिकांश अभिभावकको रहेको छ । विव्यस गठन गर्न सेवा क्षेत्रका अभिभावकको भेला बोलाउनु पर्ने कानुनी प्रावधान रहेको छ ।

विद्यालयमा उपस्थिति भवन निर्माणसँग सम्बन्धीत व्यक्तिहरुलाई साक्षि राखेर केही व्यक्तिहरुले जबरजस्त समिति गठन गरेको विरोधमा सेवा क्षेत्र रहेको बुढीगंगा नगरपालिका ९ का सेरालावाडाका १८ जनाले विज्ञप्ती नै निकालेका छन् । 

विद्यालयले गएको पौष ९ गते विद्यालय भवन सहयोग समिति गठन गर्न बोलाईएको छलफलबाटै वडा अध्यक्ष भरत थापाको निर्देशनका विव्यस सदस्य छनोट गरिएको र प्रक्रिया गलत भएको भन्दै जिल्ला शिक्षा विकास समन्वय इकाइ र नगरपालिका शिक्षा शाखामा निवेदन परेको छ ।

विद्यालयमा ६ सय बढी विद्यार्थी अध्ययनरत छन् । ती मध्ये २ सय ५० बढी विद्यार्थी सहभागि सिंगो सेरालावाडा गाउँलाई नै बाहिर राखेर समिति गठन गरेको विरोधमा विज्ञप्ती सहीत विरोध गरिएको स्थानीय भुवन सेरालाले बताएका छन् । सेराला सहीत १८ जनाले सयुक्त विज्ञप्ती समेत निकालेका छन् ।

भवन निर्माण सहयोग समिति गठन गर्न बोलाएको भेलाबाट विव्यस पदाधिकारी छनोट गरिएको बुढीगंगा ९ का वडा अध्यक्ष भरत थापाले स्वीकार गरेका छन् । अभिभावकको सहमतिमा गरिएको हो, यसमा आफू नपरेपछि केहीले विरोध गरेपनि बहुसंख्यक अभिभावकको सहमति रहेको अध्यक्ष थापाको भनाई छ ।

थापा स्वयम विव्यस समितिका लागि छानिएका छन् । विद्यालयको अभिभावक नभएको व्यक्ति समितिमा बस्न नपाइने प्रावधान रहेको छ । तर सहमतिबाट बस्न पाउने प्रावधान रहेकाले आफूहरु बसेको सदस्यहरुको दाबी छ । अध्यक्ष चयन नगरेपनि ९ सदस्यीय टिम तयार पारिएको छ ।

विरोध गर्ने पक्षले भने विद्यालय प्रशासनलाई दबाब दिएर नाम लेख्न बाध्य पारएको आरोप छ । समितिमा ९ का अध्यक्ष भरत थापा, ८ का अध्यक्ष टेक बहादुर रावल, जौमा ल्वार, तपेश रावल, शंकर शाही, गोविन्द्र शाही, सपना थापा, शिक्षक प्रतिनिधी सत्य थापा र सदस्य सचिव विद्यालयका प्रअ डम्मर प्रसाद उपाध्याय रहेका छन् ।

समितिमा सम्बन्धी वडाको हकमा वडा अध्यक्ष वा निजले तोकेको व्यक्ति सदस्य हुने प्रावधान रहेको छ । तर वडा अध्यक्ष नै विव्यस अध्यक्ष हुने प्रावधान नभएपनि ९ का अध्यक्ष भरत थापाले आफू अध्यक्ष हुने गरी प्रबन्ध मिलाएको आरोप विरोध गर्ने पक्षको छ ।

पार्टी विभाजन, पार्टी भित्रको अन्तरकलह र राजनीतिक गन्ध नै विवादको पहिलो कारण रहेको बुझिएको छ । तर तर हस्ताक्षर सहीत प्रक्रिया गलत भएको भन्दै उजुरी दिने पक्षले कानुन विपरित काम खारेज हुनु पर्ने माग अघि सारेको छ ।

विव्यस गठनका लागि सार्वजनिक सूचना जारी गर्नु पर्ने, अभिभावक भेला बोलाउनु पर्ने प्रावधान रहेको छ । तर त्रिशक्तीमा त्यो दुबै प्रक्रिया नभएको पाईएको छ । भने अभिभावक नै नभएका व्यक्तिहरु पनि समितिमा परेका छन् । राजनीति गर्ने थलो बनाउने कार्य वडाका जनप्रतिनिधीबाट गरिएको विरोधमा बाध्य भएर उजुरी दिनु परेको विरोध गर्ने पक्षको दाबी छ । 

No description available.उजुरीका लागि सेवा क्षेत्रमा ८० बढीले सयुक्त हस्ताक्षर गरि निवेदन दिएको स्थानीय अभिभावक कृष्ण थापाले बताएका छन् । विद्यालय प्रशासनले भने यस बारे कुनै प्रतिक्रिया दिन मानेको छैन् । जिल्ला शिक्षा समन्वय इकाइले प्रक्रिया अपुग देखिए विधी सम्बत कानुनी बाटो रोज्ने अधिकार नगरपालिका शिक्षा शाखालाई रहेको बताएको छ । 

विव्यस समिति गठनमा राजनीतिक प्रभाव हाबी हुँदा सबैजसोमा विवाद हुने गरेको छ । जिल्लाको मालिका नमुना माविमा पनि दुई महिनादेखि विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अन्यौलमा छ । 



शुक्रबार ०२, माघ २०७७ ०८:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.