भिम रावलसंग राजनीतिक संस्कार छैन् : प्रदेश कमिटी अध्यक्ष थापा

नजिक न्युज संवाददाता    

भिम रावलसंग राजनीतिक संस्कार छैन् : प्रदेश कमिटी अध्यक्ष थापा

अछाम : नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पुर्व उद्योगमन्त्री कर्णबहादुर थापाले भिम रावलसंग राजनीतिक संस्कार नभएको बताएका छन् । 

नेकपा अछामले आयोजना गरेको कार्यक्रममा आफ्नो निजी स्वार्थ भन्दा माथि उठ्न नजानेका नेता रावलकै कारणले पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाएका छन् ।

आफ्नो धेरै मान सम्मान खोज्ने नेता रावल केही निश्चित ब्यक्तिहरूको सल्लाहमा अघि बढ्दा आफैले घटा बेहोर्नु परेको बताए । भिम रावलले कहिलेपनि जनताको मतको मुल्यांकन नगरेको भन्दै पद मात्रै खोज्ने उहाँको प्रबृत्तिले पार्टीलाई ठुलो क्षति पुगेको बताएका छन् ।

सुदूरपश्चिमका जनताको भावनको अब मुल्यांकन गरेको समेत आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी अछामको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता थापाले सरकारले गरेका सकारात्मक गतिविधिको प्रचारप्रसार गर्न छोडेर सरकारलाई गाली गर्दै हिड्न भ्याएका भिम रावलले पार्टी एकता नचाहेको बताउँदै पदका लागि सरकारको विरोध गरेको बताएका छन् ।

सरकारले गरेका राम्रा कामहरू देखेर अतालिएकाहरू पार्टी विभाजनमा उद्दत रहेको उहाँले बताए । पार्टी एकतापछि पनि माधव प्रचण्डको स्वार्थ पुरा नभएपछि केपी ओलीे विरुद्धमा लागेका उनीहरूमा कुनै पनि राजनीतिक एजेन्डा नभई स्वार्थको योजना मात्रै रहेको बताएका छन् ।

अछाम जिल्लामा केपी ओली संगठन बलियो रहेकाले आम कार्यकर्तालाई संगठन थप मजबुत बनाउँन जुटन अनुरोध गरेको छ । अहिले भिम रावलको ध्यान पार्टीका सम्पत्ति माथि केन्द्रीत रहेकोले पार्टीको सम्मपति एकलौटी ढंगले प्रयोग गर्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ । पूर्व उद्योगमन्त्री समेत रहनु भएका थापाले पार्टीको सम्पत्ति भन्दापनि जनताको मन कब्जा गर्न सुझाव दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य तथा नेपाल कम्युनिष्ट पार्र्टी नेकपा अछामका संस्थापक भिम बहादुर कडायतले चुनावमा जान डराउनेहरूले केपी ओली विरोध गरिरहेका बताएका छन् ।

चुनाव हुने भएपछि जनताले नपत्याउने थाहा पाएकाहरू चुनावदेखि डराएर वर्तमान सरकारको विरोध गरिरहेका आरोप लगाएका छन् । पार्टी विभाजनको सबै दोस ओलीलाई दिनेहरू आफु पानी मुनिको ओभानो हुन खोजेकाले पार्टी फुटाउने मुख्य दोसी माधव र प्रचण्ड भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा सुदूपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रीको जिम्मेवारी समहालि सक्नु भएका झपट बहादुर बोहराले राजनीति संग–संगै आर्थिक क्रान्तिलाई पनि जोड दिनुपर्ने बताएका छन् । आफु नैतिकताको राजनिती गर्ने ब्यक्ति भएकाले केपी ओलीकोे पक्षमा होमिएको बताए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य यज्ञ बोगटीले केपी ओली नेतृत्वको पालामा अछाम जिल्लामा थुप्रै विकास निर्माणका कामहरू भएको बताएका छन् । क्षेत्र नं. २ मा आफु निर्वाचित भएपछि जिल्लाका महत्त्वपूर्ण योजनाहरूको काम सम्पन्न गरेकाले जनताहरू केपी ओलीको साथमा रहने विश्वास ब्यक्त गरेका छन् । 

केपी ओली लोकप्रीयता देखेर अतालिएकाहरू पार्टीको मुलधारबाट चोईटिएर गएकाले आधारिक पार्टी केपी ओलीले नेतृत्व गरेकै पार्टी हुने दाबी गर्नुभयो ।

पार्टीका जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य भैरे कामी, कृष्णप्रसाद जैसी, देब बहादुर कुवर , पदम बोहरा,  भिम बहादुर बिष्ट , कमल रावल,मना अधिकारी, शिव प्रसाद उपाध्याय , अनेरास्ववियु केन्द्रीय सदस्य कमल ढुंगाना लगायतले मन्तब्य राख्नुभएको थियोे । 

पार्टीका प्रदेश कमिटी सदस्य सरिता उपाध्यायको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव डिबी साउँदले गर्नुभएको थियोे । पार्टीको आमसभा हुनुअघि पार्टीले बजारमा बृहत र्यालि निकालेको थियोे ।
 



मङ्गलबार २८, पुष २०७७ ०७:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.