मिजारले गरिन् जन्म दिनको अवसरमा विद्यालयमा अध्यनरत छात्रालाई सेनिटरी प्याड वितरण

नजिक न्युज संवाददाता    

मिजारले गरिन् जन्म दिनको अवसरमा विद्यालयमा अध्यनरत छात्रालाई सेनिटरी प्याड वितरण

बाजुरा : अनेरास्ववियू जिल्ला कमिटी बाजुराकी कार्यालय सदस्य शुसिला मिजारले जन्म दिनकोे अवसरमा बडीमालिका क्याम्पस फलासैनमा अध्यन्तर छात्राहरुलाई सेनिटरी प्याड वितरण गरेको छ ।

बुढीगंगा नगरपालिका वडा नं.५ घर भएकी मिजारले आफ्नो जन्मदिनको अवसर पारेर फजुल खर्च गर्नुको साटो थारै भएपनि सोही नगरपालिका वडा नं.६ स्थित  बडीमालिका क्याम्पस फलासैनमा अध्यनरत छात्राहरुलाई महिनावारी भएको समयमा प्रयोग गर्ने सेनिटरी प्याड वितरण गरेको मिजारले बताएकी छन् ।

मिजारले जन्म दिनको अवसमार फजुल खर्च  कटौती गरेर विद्यालयमा अध्यन्रत छात्राहरुलाई सेनिटरी प्याड वितरण गरेको हो । त्यस्तै विद्यलार्थीहरुलाई मास्क पनि वितरण गरेको मिजारले बताएकी छन् ।

No description available.विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड(१९) को सन्त्रास छाइरहेको बेला र अहिलेको समयमा धुवाधुलोले पनि विभिन्न रोग लाग्ने अवस्थालाई मध्येनजर गर्दै विद्यालयमा विद्यार्थीलाई सुरक्षित रहन मास्क समेत वितरण गरेका उनले बताइन् । 

मिजार २५  औँ बसन्त पार गरी २६ औँमा लागेकी छन् । सो अवसरमा बडीमालिका क्याम्पस फालासैनमा अध्यन्रत छात्रा २ सय जनालाई सेनिटरी प्याड र ३ सय जना विद्यार्थीलाई मास्क सहयोग गरेको बताईएको छ । 

जन्म दिनमो अवसरमा सेनिटरी प्याड र मास्क वितरण गरेकोमा शुभकामना सहित विद्यार्थीले धन्यवाद व्यक्त गरेका छन् । अन्य फजुल खर्च गर्नुको सट्टा विद्यालयमा अध्यनरत छात्रा र अन्य विद्यार्थीहरुलाई मास्क वितरण गरेको भन्दै शिक्षकले पनि धन्यवाद व्यक्त गरेका छन् ।

No description available.No description available.     



मङ्गलबार २८, पुष २०७७ ०६:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.