ठकुरीद्वारा आफ्नै साथि तामाङको छुरा प्रहार गरी हत्या

नजिक न्युज संवाददाता    

ठकुरीद्वारा आफ्नै साथि तामाङको छुरा प्रहार गरी हत्या

काठमाडाैं: आफ्नै साथिको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुढानीलकण्ठ–१ मा गत पुस २३ गते स्थानीय राजसिंह ठकुरीले आफ्नै साथी सुशील तामाङलाई छुरा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी वृत्त महराजगन्जका डीएसपी रोशन खड्काले बताए। 

सामान्य विवाद हुँदा ठकुरीले तामाङलाई छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाइते भएका तामाङको उपचारकै क्रममा पुस २६ गते मृत्यु भएको डीएसपी खड्काले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानएको छ। 



मङ्गलबार २८, पुष २०७७ ०४:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.