बाजुरामा हतियार सहित ४ जना पक्राउ

नजिक न्युज संवाददाता    

बाजुरामा हतियार सहित ४ जना पक्राउ

बाजुरा : बाजुरामा हतियारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा नं.३ स्थित रजालीका ४ जनालाई घरेलु भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।       

रजाली स्थित छानोमा घरेलु हतियार प्रयोग गरी जंगली जनावरको सिकार गर्न राखिएको अवस्थामा २ नाल भरुवा बन्दुक र १ नाल बनाउन राखिएको बन्दुकसिहत ४ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले बताएका छन् ।      

सोही ठाउँका स्थानीय नन्द ल्वार र बीरभान ल्वारको छानाबाट बनाउन तयार पारिएको १ नाल र जंगली जनावरको सिकार गर्न राखिएको भरुवा बन्दुकसहित  ४ जनालाई नियन्त्रणमा लिएको ठगुन्नाले बताए ।   

प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्ना नेतृत्वको टोलीले बडीमालिका नगरपालिका–३ रजाली स्थित छानाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । अन्यको नाम खुलाईएको छैन् ।  

उनीहरुविरुद्ध हातहतियार खरखजना ऐन २०१९ अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
 



मङ्गलबार २८, पुष २०७७ ११:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.