धनगढीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ। उनको शव गोदावरी नगरपालिका–२ स्थित आर्यघाटमा नेपाली सेनाले व्यवस्थापन गरेको हो।
कैलालीको तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबलसिंह रोकायाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले धार्मिक परम्परा बमोजिम शव अन्त्यष्टि गरेको बताइएको छ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ मिलनचोकका ८० वर्षीय वृद्धको आइतबार मृत्यु भएको हो।
कडा निमोनिया र स्वास प्रस्वासबाट ग्रसित पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो।
प्रतिकृया दिनुहोस