पीएम कप पुरुष क्रिकेटका लागि गण्डकीकाे टिम घाेषणा

नजिक न्युज संवाददाता    

पीएम कप पुरुष क्रिकेटका लागि गण्डकीकाे टिम घाेषणा

 प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशकाे टिम घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यान गण्डकी प्रदेशले अाईतबार विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।

टिमकाे उपकप्तानमा अशोक श्रेष्ठ छन् भने अन्य खेलाडीमा दीपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दीपक डुम्रे, अभिषेक थापा, सुवास भण्डारी, समिर कँडेल, अर्जुन कुमाल, विशाल पौडेल विष्णु पाण्डे र दिनेश बुढामगर रहेका छन् ।

यसैगरी टिमको प्रशिक्षकमा रिजन प्रजु छन् भने व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन् । मिलन लुइँटेल, विज्ञान गौतम, सन्देश बस्नेत र कमल परियार वैकल्पिक खेलाडीमा छन् ।

माघ २ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयाेजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी दश टिमले प्रतिस्पर्धा गर्दैछन् ।



आइतबार २६, पुष २०७७ ०५:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.