विरोध प्रर्दशन कार्यक्रममै एक्कासी ढलेका बमको स्वास्थ्य संस्था पुर्‍याउँदै मृत्यु

नजिक न्युज संवाददाता    

विरोध प्रर्दशन कार्यक्रममै एक्कासी ढलेका बमको स्वास्थ्य संस्था पुर्‍याउँदै मृत्यु
फोटाे: महेश कुमार कार्कीको फेशबुकबाट

बाजुरा : नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य चर्तुर बहादुर बमको मृत्यु भएको छ । संसद विघटन विरुद्ध विरोध प्रर्दशनमा सहभागी सदस्य बम कार्यक्रममै एक्कासी ढलेका थिए ।   

देशभर संसद विघटन विरुद्ध विरोध प्रर्दशन कार्यक्रम अन्तरगत जिल्लाको बुढीनन्दा नगरपालिकामा विरोध प्रर्दशन कार्यक्रम हुँदै गर्दा एक्कासी ढलेका नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य बमको स्वास्थ्य संस्था पुर्याउँदै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं.१ का ६० वर्षीया बमको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको हुनसक्ने स्वास्थ्यकर्मीले अनुमान गरेको छ । मृतक बम स्थानीयतहको निर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिका वडा नं.१ का नेपाली कांग्रेसबाट वडा अध्यक्षका उमेदवार हुन ।         

मृतक बमका तीन छोरी र दुई छोरा रहेका छन । शनिबार कार्यक्रममा सहभागि बमको मृत्युप्रति नेपाली काँग्रेस बाजुराले दुःखद ब्यक्त गरेको छ । 
 



आइतबार २६, पुष २०७७ १०:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.