ओली तपस्या र नेपालको उदाउँदो स्वाभिमान

नजिक न्युज संवाददाता    

ओली तपस्या र नेपालको उदाउँदो स्वाभिमान

सनातनदेखि स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मेरो देश  नेपालको म एउटा बासिन्दा हो । हिजो मेरो छाती जस्तै सुन्दर मेरो देशलाई अंग्रेजहरुले आँखा लगाउन खोज्दा गोला बारुद र तोपका अगाडी नथाकी लडेका वीर गोर्खाली बलभद्र कुवर , भिमसेन थापा , र काजी कालू पाण्डेको छोरा हु भनी विश्वसामु गर्भले मेरो छाती चौडा भएको महसुस हुन्छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट विश्वलाइ नियालेर हेर्छु विश्वका अन्य देशहरु गृहयुद्ध र अशान्तिको भुमरीमा फसेको देख्छु अनि फर्के यसो आफ्नै देशलाई निहाल्छु एकदम सुन्दर शान्त र अनेकौ जातजाति भाषा भाषीको अनेकताको विचमा पनि एकताको बन्धनमा बांधिएको देख्छु, अनि मलाइ अनुभुती हुन्छ सांच्चि नै म पनि गौतम बुद्ध जन्मेको देशको बासिन्दा रहेछु ।

अनि विश्वसामु मेरो सांस्कृतिको हपिगत हेर्छु घुम्न आउने विदेशी पाहुनाले मुस्कुराउदै मेरो सांस्कृतिलाई उच्च सम्मान गरी स्यालुट गर्छ अनि मलाइ लाग्छ म पनि विशाल सांस्कृतिको एउटा धरातलमा जन्मेको रहेछु। यो वीरगाथा विश्वको सर्वोच्च शिखर सगरमाथा र सांस्कृति भौगोलिक अखण्डतालाई बचाउँदै एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र निर्माण गर्ने तपाईं र हाम्रो कर्तव्य हो । 

आज मेरो मनमा अनेकन प्रश्नले पिरोलिरहेको छ, किन हामी पदका लागि मात्रै लाहाचारी भयौ ? यदि हामिलाइ पद चाहिएकै छ भने मुलुक वासी जनताको बिचमा जान किन सक्दैनौं ? किन छिमेकी राष्ट्रलाई सिंगो देश पाउँमा चढाइ विन्ती विसाउन्छौ ? 

 

के यसले मेरो देशको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न सक्छ त ? हामी सार्वभौमसत्ता सहितको स्वतन्त्र नगरीक भएर बस्ने हो हो भने थिति भने अवस्य बसाल्नु पर्छ । यो प्रवृत्तिबाट नत  जंग बहादुर राणा अछुत हुन सके नत निर्दलिय पञ्चायत ब्यवस्थाका विराटमान महेन्द्र, नत विपि अछुत नसके नत गिरिजा बावु , नत प्रचण्ड अछुत हुन सके नत बाबुराम । कतिलाई तितो सत्य लाग्न सक्छ अस्थिरता र लम्पसारको पर्यायवाची प्रचण्ड र बाबुराम नै हुन भन्नेमा ।

इतिहास सर्वजिवित नै छ, गैरलोकतान्त्रिक कदमविरुद्ध गरिएको ०६२र०६३ को जन आन्दोलन अनत राजतन्त्र अन्त्य गर्ने बाटो  सफल भएपछि द्वन्द्वरत तत्कालीन माओवादी मनोनीत पूर्ववर्ती संसद् र त्यसबाट निर्मित सरकारमा सहभागी भयो ।
जसको नेतृत्व नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले गरे । माओवादीले जुन ब्यवस्थाका विरुद्ध हतियार उठायो, आखिर त्यही पद्धतिमा सहभागी भयो यो माओवादी द्वन्द्व समाप्त पार्ने एउटा अर्को कदम थियो ।

दशकौँसम्म हुन नसकेको संविधान सभाको निर्वाचन करिब ६ दशकपछि २०६४ चैत २८ गते सम्पन्न भयो । प्रत्येक्ष र समानुपातिक गरि ६०१ सिटका लागी गरिएको निर्वाचनमा तत्कालीन माओवादी प्रचण्ड बहुमत ल्याएर  र सरकार गठन गर्यो र प्रचण्डको नेतृत्वमा सरकार गठन भयो त्यसमा नेपाली कांग्रेस दोस्रो र तत्कालीन नेकपा एमालेले तेस्रो पार्टी बन्यो। संविधान सभाको निर्वाचनमा जनताले तत्कालीन माओवादी लाई २ बर्षमा संविधान बनाउने जुन रूपमा अभिभारा दिएको थियो त्यो अभिभारा पूरा गर्न छोडेर उसले देशलाइ जातीय संघीयतामा विभाजन गरि देशलाइ गृहयुद्धको भुमरीमा फसाउने ठूलो चक्रव्यू रच्यो । यसमा छिमेकी राष्ट्रको गुप्तचर निकाय र मानिस पनि नेपालमा आइ निकै चलखेल गरेका थिए । जुन बेला बहालवाला तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार थियो पहिलो संविधान विघटन हुनु अघि नेतृत्वको सरकार थियो । 

पहिलो संविधान विघटन हुनु अघि २०६९ साल बैशाख ३१ गते भारतीय गुप्तचर संस्था र का तत्कालीन प्रमुख सञ्जिव त्रिपाठी आफै काठमाडौँ आई विभिन्न नेताहरु जस्तै पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई, सुशील कोइराला, शेर बहादुर देउवा, महन्त कुमार ठाकुर र बिजय कुमार  गच्छदारलाई  भेटी जातीय संघीयता लागू गरि त्यही अनुसार संविधान निर्माण गर्न दबाब सिर्जना गरेको थिए । 

कांग्रेस तत्कालीन माओवादी र मधेसवादी दल सबैले स्वीकार गरेको प्रस्ताव  तराईमा ५ प्रदेश सहित ११ प्रदेश निर्माण गर्ने थियो । तर जातीयताको आधारमा बन्ने संघीयताले नेपाली राष्ट्रियता स्वतन्त्रता र आत्मसम्मान सहितको आपसी समझदारी कायम गर्ने बाटो बन्ध गरिसकेको हुन्थ्यो ।

त्यस्यो जातीयताको आधारमा बन्ने संविधानले  राष्ट्रियहित, सार्वभौम र स्वाधीनताको रक्षा काहीँ कतैबाट हुने नदेखिए पछि जातीयताको आधारमा बन्ने संविधानको प्रधानमन्त्री केपि ओलीले खुलेर विरो गरेका थिए । अहिले केपि ओली संघीयता विरोधि भनेर केही उग्रवामपन्थी धारका केही नेताहरुले लालछना लगाउने गर्छन् । 
बहुलवादमा आधारित  बहुसांसकृतिक, बहुभाषा र बहुजातिलाइ सहित समेटेर बन्ने संघीयताको पक्षपाती थिए केपि ओली । सायद केपी ओलीले मात्रै जातीयताका आधारमा बन्ने संघीयताको सहमत गरिदिएको भए अहिले मुलुक गृहयुद्धको चपेटामा फसिसकेको हुन्थ्यो । यसलाइ बलपूर्वक लाद्न नखोएको हैन । 

कान्तिपुरमा २०६९ बैशाख ३२ गतेको समाचारलाई म स्मरण गर्न सक्छु केपि ओली र भारतीय गुप्तचर संस्था र का तत्कालीन प्रमुख सञ्जिव त्रिपाठी भेटको कुरा अन्य तत्कालीन माओवादी, नेपाली कांग्रेस र मधेसवादी दलका नेताहरू सबलाइ भेटेको कुरा गुपचुपमै राखिएको थियो । पछि एभरेस्ट होटेलमा अन्तिम भेट थियो केपि ओलीसंग जहाँ त्यो हिम्मत अरु कोहि नेताले गर्न सकेन जुन हिम्मत केपी ओलीले गरेका थिए चलेका मिडिया कर्मी साची राखी खुलमखुला त्रिपाठीको प्रस्ताव अस्विकार गरि दह्रो अडान लिने पहिलो नेता थिए केपी ओली, पार्टी बैठकमा होस वा अन्य दलको बैठकमा होस राष्ट्रलाई नोक्सान पुर्याउने कुरामा केपी ओली कहिल्यै टसमस भएनन् ।

कतिले त ओलीको अडानलाई हठ भन्दै सहमतिको बाधक भनेर चर्चा समेत गरे । तर राष्ट्रलाई हानी गर्ने खराव कुरामा ओलि हठनै सहि कहिल्यै लचक भएनन् । तत्कालीन पहिलो संविधानसभाको असफल हुनुमा जातीयताका आधारमा बन्ने संघीयताको बनोट नै मुख्य कारण बनेको थियो । त्यस पछि गैरराजिनित दलबाट चुनावी सरकारको प्रमुख बन्ने सहमति बन्यो र सर्वोच्च अदालतका प्रमुख खिलाराज रेग्मीको नेतृत्वमा २०७० मङ्सिर ४ मा दोस्रो संविधानसभाको निर्वाचन भयो यसमा मुलुकका दुईवटा ठुला राजनीति दल नेपाली कांग्रेस पहिलो र तत्कालीन नेकपा एमाले  दोस्रो दल बनेर उदायो र पहिलो संविधानसभा तेस्रो दल बनेको माओवादी तेस्रो दल बन्यो अनि मधेस तिरका क्षेत्रीय पार्टी पनि पराजित बन्न पुगे । 

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला को नेतृत्वको सरकारमा तत्कालीन एमाले पनि सहभागी बन्यो र संविधान बनाउने समयावधि पनि जम्मा दुई वर्ष थियो। संविधानको बनोट पनि परिवर्तन भयो र नेपाली जनतालाई पनि अब संविधान बन्ने भो भनेर झिनो आशा जाग्यो । 

प्रधानमन्त्री केपी ओलीे  पनि पनि ९ औं महाधिवेशनबाट  तत्कालीन एमालेको पार्टी  अध्यक्ष बनी सक्नु भएको थियो । विद्रोहले उग्ररुप लिएको उग्रवामपन्थी धारको तत्कालीन माओवादीलाई हत्या हिंसाको राजनीतिलाई छोडेर शान्तिपूर्ण प्रतिस्पर्धा र लोकतान्त्रिक मुलधारको राजनीतिमा ल्याइयो र छिमेकी राष्ट्र र विभिन्न गुप्तचर संस्थाको संविधान बन्न नदिन ठुलो चलखेल र षड्यन्त्रका विच पनि केपी ओली कति विचल्लित नबनी राष्ट्रिय सहमति बन्यो मुलुकको सार्वभौमसत्ता,राष्ट्रिय एकता,स्वाधीनता भौगोलिक अखण्डता स्वाभिमानलाइ रक्षा पुग्ने गरि बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र सहितको नेपालको नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट करिब ९० प्रतिशत मतले नेपालको संविधान जारी भएरै छाड्यो र संविधान निर्माण पछि सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भयो । 

जुन भारतका लागि स्विकार्यको कुरै थिएन, मधेस केन्द्रित दलहरूले संविधान दिवसको दिनलाइ कालो दिनको रुपमा परिभाषित गरि तराई क्षेत्रमा संविधान जलाउने र टायर बालेर आन्दोलन गरियो भने छिमेकी राष्ट्र भारतले नाकाबन्दी लगायो । 
तत्कालीन माओवादीकाअध्यक्ष क पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस केही नेताहरुले समेत  संविधान संशोधन गर्न भनी प्रस्ताव नगरेको हैन। तर प्रधानमन्त्री केपी शर्मा ओली भने राष्ट्रहित र स्वाधीनताको निम्ति अलिकति पनिडगमगाउनु भएन र करिब तीन महिना सम्म अघोषित नाकाबन्दीको समाना गरे र यस बेला जनता पनि भोकै  बस्न तयार भए भरतको दादागिरी विरुद्ध सामना गर्न तयार भए । त्यस बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका समक्षी नरेन्द्र मोदिले भारत भ्रमणको निम्तो दिए । तर मुलुक अघोषित नाकाबन्दीले आहात बनी रहेको बेला भारत भ्रमण नगर्ने  निधो गर्नु भयो र पहिले नाकाबन्दी खोल्ने त्यसपछि मात्रै आफू भ्रमणमा निस्किने खबर पाठाउनु भयो । 

आखिर स्वाभिमान राष्ट्रप्रेमी प्रधानमन्त्रीका अगाडी भारतको दादागिरी रत्तिभर टिकेन  अघोषित रूपमा लगाएको नाकाबन्दी खोलेरै छाड्यो । कतिपय कांग्रेसका नेताले त भारतले लगाएको नाकाबन्दीलाई नाकाबन्दीलाई नाकाबन्दी नै होईन समेत भन्न भ्याए ।

संविधान निर्माणमा पनि महत्त्वपूर्ण भुमिका खेलेका तत्कालीन नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि नै पहिलो नेता हुन जसले भारतले लगाएको नाकाबन्दीलाई नाकाबन्दी मात्रै भनेनन् त्यसका विरुद्ध डटेर सामना गरे । 
यति मात्रै नभएर भारत निर्भर आपूर्तिलाई सधैका लागि अन्त्य गरे यसको ज्वलन्त उदाहरण चिनसंग ब्यापार तथा पारवहन सम्झौतामालाई लिन सकिन्छ । संविधान निर्माण, केपि ओलि प्रधानमन्त्री र चिनसंगको पारवहन सम्झौता भारतको इच्छा विपरीत नै थियो । 

भारतको ग्राइनडिजाइनमा सत्ताका साझेदारी तत्कालीन माओवादीका अध्यक्ष कमरेड प्रचण्डद्वारा संसदमा अविस्को प्रस्ताव दर्ता गाराइयो र केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाइयो यो नेपालको इतिहासमा सर्वजिवित नै छ । 
संविधान निर्माणमा विशेष भुमिका, पहिलो पटक प्रधानमन्त्री हुँदा  सफल कार्यकाल भारत मुखी आपूर्तिलाई सधैका लागि अन्त्य, भारतीय हस्तक्षेपका विरोध र उत्तरसंगको ब्यापार र पारवहन सम्झौताले प्रधानमन्त्री केपी ओलीको शिरलाई मात्रै हैन नेपाली स्वाभिमानलाई पनि उच्च बनाएको छ । 

केपी ओलीप्रतिको जनविश्वास, राष्ट्रहितको निम्ति चट्टानि अडान लोकप्रिय कार्यक्रमले नेपाली मन जितेका ओलिले स्थानीय तह प्रदेश सभादेखि प्रतिनिधि सभासम्म आफ्नो स्पष्ट बहुमतलिएर  दोस्रो पटक प्रधानमन्त्री बन्नु भयो र दुईवटा अलग–अलग धारमा हिडेका तत्कालीन एमाले र माओवादीलाई एक ठाउँमा ल्याई पार्टी एकता गर्नु भयो  । यो अप्रत्याशित सफलता थियो भने दशकौदेखि गुमेको नेपाली भु–भाग कालापानी, लिम्पियाधुरा र लिपुलेख समेटी चुच्चे नक्सा प्रकाशन, तुइन विस्थापित गरी झुलुङ्गे पुलको निर्माण, रोजगारीका अवसरको सिर्जना, परराष्ट्र नितिलाई मजबुत बनाइ संयुक्त राष्ट्रसंघमा नेपाललाई  बलियो बनाउनु , स्वस्थ्य क्षेत्रको आमूल परिवर्तन, हिलो धुलोमा गुज्रिएको नेपाली सडक युगको अन्त्य गरि सुरुङ्ग युगमा प्रवेश गराउनु, यस्ता थुप्रै बर्णननै गर्न नसकिने लोकप्रिय काम र विश्व सामु नेपाली स्वाभिमानलाई उच्च बनाउने काम ओली सरकारले गरेको छ । त्यसैले मेरो साथ सदैव रहिरहने छ ।

लेखकः अनेरास्ववियू जिल्ला कमिटी बाजुराका सदस्य हुन ।।



शुक्रबार २४, पुष २०७७ ०४:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.