कैलालीमा मृत भेटिएका युवकको पहिचान अझै खुलेन

नजिक न्युज संवाददाता    

कैलालीमा मृत भेटिएका युवकको पहिचान अझै खुलेन

धनगढीः कैलालीमा बेवारिसे अवस्थामा मृत भेटिएका युवकको पहिचान अझै खुल्न सकेका छैन। जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वन भित्रपर्ने चिसापानी खोलामा मृत भेटिएका युवकको पहिचान नखुलेको प्रहरीले जनाएको छ। मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। 

उक्त शवको प्रकृति हेर्दा तल्लो शरिरमा निलो रंगको जिन्स पाइन्ट लगाएको, उचाई  अन्दाजी ५ फिट ५ ईन्च, उमेर अन्दाजी २५/३० वर्षको जस्तो देखिने, दाँया हातको पाखुरामा नाग(सर्प) र शिवलिंगको ट्याटु, दाँया हातको बुढी औला मुनी बिच्छिको ट्याटु, बाँया हातको पाखुरामा बिच्छिको ट्याटु भएको मृतकको शव सडिगली गएको अवस्थामा रहेको तथा शव नजिकै सेतो रंगको गन्जी र हरियो रंगको हाप सट फेला परेको बताइएको छ।



बुधबार २२, पुष २०७७ ११:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.