बाजुरा : रातीको समयमा महिलाको कोठामा गएर दुव्र्यवाहार गर्ने एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगगा नगरपालिका ७ लामागाँउ बस्ने अन्दाजी ३८ बर्षका भरतराज गिरी रहेका छन्
करिब १० बजे रातीको समयमा महिला घरमा एक्लै भएको बेला ढोका खोलेर महिला माथि दुव्र्यवाहार गरिएको प्रहरीले बताएको छ । दुव्र्यवाहार पछि ती महिलाले प्रहरीलाई टेलिफोन मार्फत जानकारी गराएकी थिइृन् ।
दुव्र्यवाहार गर्ने युवकलाई प्रहरीको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासदमा राखिएको प्रहरीले बताएको छ । घरमा कोही नभएको बेला पटक पटक ढोकामा हानेर ढोका खोल्न लगाई दुव्र्यवहार गरेको प्रहरीको भनाई छ ।
महिलाले जबरजस्ती करणीको प्रयासमा मुद्दा दिने तयारी गरेको बुझिएको छ । ती महिलासँग जेठाजुका दुई छोराछोरी मात्र छन् । भने श्रीमान भारत गएका छन् । ती महिलाले केही महिना पछि मात्र विहे गरेकी थिईन् । प्रहरीले महिलाले दिने जाहेरीका आधारमा कारवाही प्रक्रिया अघि बढाउने बताएको छ ।
प्रतिकृया दिनुहोस