धनगढीः नेपाल नगरपालिका संघ सुदूरपश्चिमको उप–संयोजकमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत मनोनित भएकी छन्।
मंगलबार बसेको बैठकले कडायतलाई उप–संयोजकमा मनोनित गरेको नगरपालिका संघ सुदूरपश्चिमका संयोजक केशब चन्दले बताए। उनका अनुसार यसअघि संघको उप–संयोजक रहेकी डोटीको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख केन्द्रीय समितिमा छनोट भएकाले कडायलाई मनोनित गरिएको हो।
प्रतिकृया दिनुहोस