‘राम पियारी’ को रोमान्स

नजिक न्युज संवाददाता    

‘राम पियारी’ को रोमान्स

काठमाडौं : गायक नरेश बिबिसी र गायिका अञ्जु पन्तको स्वरमा तयार भएको गीत ‘राम पियारी’ नरेश बिबिसी युट्युब च्यानलबाट श्रोतामाझ आएको छ।

गायक नरेशको यसअघि राम साइँला बोलको गीत हिट भएको थियो। लोक परिवेशमा तयार पारिएको गीतमा प्रशान्त पौडेलको शब्द संगीत रहेको छ। सार्वजनिक भिडियोमा चक्र बम, गीता ढुंगाना र अस्मिता पन्तको अभिनय रहेको छ। अहिलेका व्यस्त निर्देशक विधान कार्कीले निर्देशन गरेको भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र माधव शर्माको प्रमुख सहायक निर्देशन रहेको छ।

नरेशको प्रस्तुति र नेप्सिने कम्पनीको निर्माण रहेको भिडियोमा रायन रेज क्रियटिभ प्रमुख हुन्।नेप्सिने कम्पनी पछिल्लो समय नेपाली गीत संगीतको डिजिटल व्यवस्थापन र वितरणमा सक्रिय छ। निर्देशक कार्कीकाएक महिनामा आधा दर्जन म्युजिक भिडियो रिलिज भएका छन्।

 



सोमबार ०६, पुष २०७७ ०८:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.