कैलालीमा थप एक कोरोना संक्रमितको मृत्य

नजिक न्युज संवाददाता    

कैलालीमा थप एक कोरोना संक्रमितको मृत्य

धनगढी: कैलालीमा थप एक कोरोना संक्रमितको मृत्य भएको छ। होम आइसोलेसनमा बसेकी गोदावरी नगरपालिका–१ की ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

ज्वरो आएर घरमै बसेकी उनको मंगलबार बिहान मृत्यु भएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उनीलाई मृत्युपछि मात्रै कोरोना पुष्टि भएको थियो। उनको मंगलबार राति ८ बजे कोरोना रिपोर्ट आएको थियो।

मृतक महिलाको शव नेपाली सेनाले बुधबार व्यवस्थापन गरेको छ। गोदावरी आर्यघाटमा हिन्दु संस्कार अनुसार जलाएर शव व्यवस्थापन गरिएको तेघरीस्थित भवानी दल गणका सह सेनानी नवल सिह रोकायाले बताए।  यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या ५५ पुगेको छ। 



बुधबार १७, मङि्सर २०७७ ०५:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.