बैंकमा अपाङ्ग भत्ता बुझेर गेटमा गन्ती गरीरहेकी महिलाको हातबाट रुपैयाँ तानेर फरार भएका बाजुराका एक युवक पक्राउ

नजिक न्युज संवाददाता    

बैंकमा अपाङ्ग भत्ता बुझेर गेटमा गन्ती गरीरहेकी महिलाको हातबाट रुपैयाँ तानेर फरार भएका बाजुराका एक युवक पक्राउ

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा राष्ट्रिय बाणिज्य बैंकमा एक जना महिलाको हातबाट रुपैयाँ चोरी गरी फरार भएका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

राष्ट्रिय बाणिज्य बैंकमा मंगलबार दिउँसो आपाङ्ग भत्ता बुझेर गेटमा रुपियाँ गन्ती गरीरहेकी एक जना महिलाको हातबाट तानेर भागेका युक पक्राउ परेका हुन । बैंकको गेटमा हातबाट रुपैयाँ तानेर भगेको केही समयमै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताएका छन् । 

पक्राउ पर्नेमा बडीमालिका नगरपालिका वडा नं.९ का परे चदाँराका छोरा २२ वर्षीया गोपाल विक रहेका छन् । विकले बडीमालिका नगरपालिका वडा नं.१ मा बस्ने भना कार्कीले आफ्नी छोरीको अपाङ्ग भत्ता बैंकबाट बुझेर गेटमा पैसा गन्ती गरिरहेको बेला हातबाट तानेर फरार भएका थिए । 

कार्कीको हातबाट तानेर फरार भएको केही समयमै प्रहरीले उनलाई पक्राउ गरेको हो । राष्ट्रिय बाणिज्य बैंकको सिसी क्यामरामा हातबाट तानेर फरार कैद फुटेजबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

अपाङ्ग भत्ता बाफतको रकम रु ८ हजार बैंकबाट बुझेर गनिरहेको बेला तानेर लगेको सिसी क्यामराको भिडियोको आधारमा विकको घरबाटै उनलाई पक्राउ गरेको बताईएको छ ।

पक्राउ परेका युवकसंग संलग्न अर्का एक युवक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका गैरीबजारमा बस्ने प्रकाश विक रहेको प्रहरीले जनाएको छ । 

चोरी गरी घरमा पुग्ने वितिकै घरमा रुपैयाँ आफ्ना आफन्तको जिम्मा लगाएर हुलिया परिवर्तन गर्न खोज्दा प्रहरीले पक्राउ गरेको जनाएको छ । उनले यस अघि पनि धेरै ठाउँमा चोरी गरेको रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा आएको बताईएको छ ।

बाजुरा जिल्लामा केहि महिना यता चोरीमा संलग्न ७० जना भन्दा बढी पक्राउ गरी आवश्यक कारवाही गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।        



बुधबार १७, मङि्सर २०७७ ०१:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.