ब्रह्मतोलाका बस्ती राष्ट्रिय प्रशारण लाइनको विद्युतबाट झिलिमिली

नजिक न्युज संवाददाता    

ब्रह्मतोलाका बस्ती राष्ट्रिय प्रशारण लाइनको विद्युतबाट झिलिमिली

बाजुरा : नेपाल विद्युत प्राधिकरणले बाजुरामा विद्युत सेवा विस्तार गरेसँगै बुढीगा नगगरपालिका २ र ३ का बस्ती उज्यालाले झिलिमिली भएका छन् । राष्ट्रिय प्रशारण लाइन मार्फत बाजुराको बुढीगंगा नगरपालिका २ र ३ का तीन सय बढी घरमा विद्युत जडान गरिएको छ । 

पहिलो पटक बुढीगंगा नगरपालिका ३ बसाली टोलका ५२ परिवारमा मंसिर ६ गतेबाट लाइन जडान गरिएको थियो । त्यसको सातादिन नबित्दै अन्य बस्तीमा पनि विद्युत लाइन विस्तारसँगै सेवा सुचारु भएको २ नम्बर वडाका कार्यबहाक वडा अध्यक्ष पदम भण्डारीले बताएका छन् ।

जिल्लाको नौ वटै स्थानीय तहमा राष्ट्रिय विद्युत प्रशारण लाइन जडान गर्ने उदेश्य सहीत पहिलो पटक बुढीगंगाको बसाली गाउँबाट विद्युत सेवा सञ्चालन गरिएको नेपाल विद्युत प्राधिकरणका बाजुरा कार्यालय प्रमुख महेश चन्द्र भट्टले बताएका छन् ।

थप २ सय ५० बढी परिवारमा विद्युत जडानसँगै साविक ब्रह्मतोला गाविसका नराग, अम्कोट र कुडी टोलमा मात्र विद्युत जडान कार्य बाँकी रहेको छ । केही समय भित्रै ती बस्तीमा पनि विद्युत जडान कार्य प्रक्रियागत रुपमा अघि बढाउन थालिएको नेकपा सचिवालय सदस्य रामबहादुर बाँनीयाले बताएका छन् । 

विद्युत लाइनको प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले विजुलीको स्वीच अन गरेर उद्घाटन गरेका हुन् । साविक ब्रह्मतोला गाविस र हालको १, २ र ३ नम्बर वडाका सबै बस्तीमा विजुली विस्तार गर्ने योजना सहीत प्रशारण लाइन जडान गरिएको हो । घरघरमा विद्युत जडान भएपनि गाउँ बस्ती झिलिमिली भएका छन् । भने स्थानीय खुसी भएका छन् ।

त्रिवेणी र कुल्देवमाडौंको उज्यालो हेरेर चित्त बुझाउन बाध्य बह्मतोला बासी विद्युत जडानसँगै खुसी भएका छन् । स्थानीय उद्योग धन्दा सञ्चालन र केही प्रविधी मैत्री उद्यम गर्न पनि सहज हुने भएको छ ।

स्थानीय लघु जलविद्युत उत्पादन गरेर विजुली सेवा सञ्चालनमा रहेपनि विद्यूत प्राधिकरणले भने बसालीबाटै लाइन विस्तार सुरु गरेको हो । २ वर्ष पहिले नै जडान गर्ने लक्ष्य राखिएपनि केही प्राविधिक पक्ष र कोरोनाका कारण ढिलो भएको बताईएको छ ।

जिल्ला व्यापी रुपमा सबै बस्तीलाई उज्यालो पार्ने योजना सहीत केन्द्रीय प्रशारण लाइन विस्तारको प्रक्रिया र काम अघि बढीरहेको नेकपा केन्द्रीय सदस्य समेत रहेका सांसद थापाले बताएका छन् । 

कार्यबाहक वडा अध्यक्ष पदम भण्डारीको अध्यक्षतामा सञ्चालन भएको विद्युत उद्घाटन कार्यक्रमको सञ्चालन मनिराज जैशीले गर्नु भएको हो । वडा सदस्य धर्मराज जैशीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा स्थानीयको भव्य उपस्थिति रहेको थियो । 



आइतबार १४, मङि्सर २०७७ १०:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.