सांसद थापाको प्रस्ताव- काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राखौं, देश बन्छ !

नजिक न्युज संवाददाता    

सांसद थापाको प्रस्ताव- काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राखौं, देश बन्छ !

बाजुरा : प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले विकास माथिको ढिलासुस्ती र बाहनाबाजी देश र जनता माथिको अन्यायी व्यवाहार भएको बताएका छन् । संघ र प्रदेश तथा स्थानीय तहबाट सञ्चालित विकास निर्माणको अवस्था र कामको प्रगति विषय जिल्ला स्तरीय समीक्षा गोष्ठीमा बोल्दै सांसद थापाले विकास प्रति सबै निकाय जिम्मेवार हुनु पर्ने बताएका छन् ।

नौ वटै स्थानीय तहका जनप्रतिनिधी, विकासे कार्यालयका प्रतिनिधी सहीत सर्वपक्षिय सरोकारवाला निकाय सहभागि गोष्ठीमा थापाले विकासमा बेइमानी गर्ने जो कोहीलाई पनि संरक्षण गर्न नहुने बताएका छन् । आधिकारी निकायको सूचनालाई समेत अवेज्ञा गर्ने कर्मचारीलाई कारण सोध्न समेत सम्बन्धी निकायलाई निर्देशन थापाले दिनु भएको छ ।

जिल्लाको विकास निर्माणको अवस्थाको प्रगति सुनेपछि थापाले व्यक्तिका योजना आउने परिपार्टीको अन्त्य गरिनु पर्ने बताएका छन् । तीन वटै सरकारका तर्फबाट व्यक्तिका लागि योजना छनोट गर्ने, लाभका लागि योजना सिफारिस गराउने कार्यको अन्त्य नगरिए कानुनी बाटो रोज्नु पर्ने सुझाव थापाको छ। 

थापाले पहुँच मार्ग देखि अन्य सडक निर्माणका योजनामा बाटो नै नकाटि कालो पत्रे, जनताको चाहना विपरितका योजना सिफारिस गर्ने कार्य तत्काल बन्द गर्न सब्न्धीत निकायलाई निर्देशन दिनु भएको छ । गोष्ठीमा कडा रुपमा प्रस्तुत हुनु भएका थापाले काम नगर्ने ठेकेदारलाई तत्काल कालो सूचीमा राख्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नु भएको छ ।,

जिल्लामा लगानी हुने, तर काम नहुने भएपछि कानुनी राज्य र जनताको सरकारको आभाष नै नहुने भएकोले यस्ता कार्य तत्काल रोक्न र गल्ती कमजोरीको ढाकछोप नगर्न आग्रह गरेका छन् । एकद्धवार प्रणालीबाट विकास निर्माणलाई अघि बढाउनु पर्ने र राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठेर जिल्लाको हितमा लाग्न पनि थापाले सुझाव दिएका छन् । 

विकास निर्माण बारेको समीक्षा र जिल्ला स्तरीय छलफल अबका दिनदेखि नियमित गर्नु पर्ने र हाजिर नहुने, लामो विदामा बस्ने, काममा लापरवाही गर्ने कर्मचारीलाई संरक्षण गर्ने काम कसैलाई नगर्न निर्देशन दिएका छन् । समाज, समुदाय र जनताले अपनत्व लिने गरी विकासको आभाष गराउने काममा लाग्न सबै जिम्मेवार हुनु पर्ने बताउँदै नेकपा केन्द्रीय सदस्य समेत रहेका थापाले जिल्लाको विकासमा आफूले राजनीतिक आस्था र नजिक टाढा कसैलाई नभन्ने बताएका छन् ।



बिहिबार ११, मङि्सर २०७७ ०८:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.