दोष दिएर जिम्मेवारीबाट पन्छिने काम नगर्न जनप्रतिनिधी र कर्मचारीलाई सांसद रेग्मीको आग्रह

नजिक न्युज संवाददाता    

दोष दिएर जिम्मेवारीबाट पन्छिने काम नगर्न जनप्रतिनिधी र कर्मचारीलाई सांसद रेग्मीको आग्रह

बाजुरा : सुदुरपश्चिम प्रदेश सभा सदस्य बल्देव रेग्मीले जिम्मेवारीबाट भाग्नेकाम कसैले गर्न नहुने बताएका छन् । बाहना र कारण देखाउने काम बन्द गरेर जनता र देश प्रति जिम्मेवार र इमान्दार हुन कर्मचारी र जनप्रतिनिधीलाई रेग्मीले सुझाव दिनु भएको छ । 

प्रदेशका योजनाको निर्माण गतिमा भइरहेको ढिलाई र योजनामा हुने गरेको भन्ने कमिशनको आरोप सबै सत्य नभएको रेग्मीको दाबी छ । आएको बजेटको कार्यन्वन गर्न नसक्ने र अरुलाई दोष मात्र दिन परिपार्टी बन्द गरिनु पर्ने रेग्मीको भनाई छ ।

जिल्ला स्तरीय समिक्षा गोष्ठीमा रेग्मीले बजेट नआए नेताले सकेनन भन्ने, आएको बजेटको कार्यान्वयनमा कोही जिम्मेवार नहुने यस्तो मानसिकता कर्मचारी र स्थानीय तहका जनप्रतिनिधीले त्याग्नु पर्ने बताएका छन् । प्रदेशले खल्तीबाट योजना दिने गरेको भन्ने आरोपको खण्डन गर्दै रेग्मीले गल्ती गर्ने जो कोहीले पनि ढिलो चाँडो सजाए पाउने भएकोले यस तर्फ चिन्ता नगरी आफू इमान्दार हुनु सुझाव दिएका छन् । 

कर्मचारीले बाजुरा आउने वित्तिकै कारवाही स्वरुप आएको हुँ, किन काम गर्नु पर्यो भन्ने मानसिकता हटाउनु पर्ने र जनप्रतिनिधीले वडा अध्यक्ष हुँदै ठूलो भएको दम्भ गर्ने कार्य बन्द गर्न आग्रह गरेका छन् । 



बिहिबार ११, मङि्सर २०७७ ०८:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.