स्वास्थ्य कर्मीमा कोरोना देखिएपछि बुढीगंगाका तीन वटा स्वास्थ्य संस्थामा सिल, उपचार सेवा ठप्प

नजिक न्युज संवाददाता    

स्वास्थ्य कर्मीमा कोरोना देखिएपछि बुढीगंगाका तीन वटा स्वास्थ्य संस्थामा सिल, उपचार सेवा ठप्प

बाजुरा : बुढीगंगा नगरपालिकाका तीन वटै स्वास्थ्य चौकी सिल हुने भएका छन् । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीको कोरोना देखिएपछि बह्मतोला र देवलसैन स्वास्थ्य चौकी सिल गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले बताएका छन् ।

बाह्विस स्वास्थ्य चौकी र देवलसैन स्वास्थ्य चौकीमा १।१ जना स्वास्थ्य कर्मीमा कोरोना देखिएको छ । भने बाजुरा स्वास्थ्य चौकी टाँटेमा नगर प्रमुख दिपक विक्रम शाह संक्रमित अवस्थामै बसिरहेकोले सिल गर्नु पर्ने अवस्था आएको संयोजक शाहले बताएका छन् ।

सम्पूर्ण स्वास्थ्य सेवा बन्द हुने गरी शुक्रबारसम्मका लागि तीन दिन सिल गर्न लागिएको स्वास्थ्य शाखा संयोजक दिपक शाहले बताएका छन् । बुढीगंगा नगरपालिकाका प्रमुख दिपक विक्रम शाहको दोस्रो रिपोट पनि कोरोना पोजेटिभ आएपनि टाँटे स्वास्थ्य चौकी सिल गर्नु परेको हो । शाहलाई १४ दिन पहिले कोरोना देखिएको थियो । 

शाह नगर प्रमुख निर्वाचित भएदेखि नै स्वास्थ्यकै क्वाटरमा बस्दै आएका छन् । नगर प्रमुख नै स्वास्थ्यको क्वाटरमा बस्ने गरेको विषयमा विगतदेखि नै टिकाटिप्पोणी हुने गरेको छ । नगर प्रमुखले निर्वाचित भएदेखि नै स्वास्थ्यको क्वाटरमा डेरा बनाएर बस्नु भएको स्वास्थ्य संयोजक दिपक शाहले स्वीकार गर्नु भएको छ ।

तीन वटै स्वास्थ्य संस्था सिल गर्नु पर्ने भएपछि सिंगो नगरपालिका क्षेत्रको स्वास्थ्य उपचार सेवा नै प्रभावित हुने भएको छ । बुढीगंगा नगरपालिकामा पछिल्लो समय लगातार कोरोनाको संक्रमण बढीरहेको छ । बुढीगंगा नगरपालिका ६ नम्बर वडाका कर्मचारीमा पनि कोरोना देखिएको श्रोतको दाबी छ । 



बुधबार १०, मङि्सर २०७७ ०९:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.