नेकपा बाजुराको सचिवालय ससदस्यकोे बैठक भोलि बस्ने

नजिक न्युज संवाददाता    

नेकपा बाजुराको सचिवालय ससदस्यकोे बैठक भोलि बस्ने

बाजुरा: नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराको सचिवालय सदस्यहरुको बैठक भोलि बस्ने भएको छ । पार्टी एकता पछि सचिवालय गठनसँगै बैठक लामो समय पछि मार्तडीमा बस्न लागेको हो ।

बैठक दिउँसो २ बजे पार्टी कार्यालयमा बस्ने तय भएको पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् । पार्टी एकता पछि बीचमा एक पटक जिल्ला कमिटीको बैठक बसेको ।

४५ जना सचिवालय सदस्य रहेको नेकपा जिल्ला कमिटी सचिवालय सदस्यहरुको बैठकले पार्टी संगठन निर्माण, एकताका बाँकी काम टुग्याउने र जिल्लामा विकास निर्माणमा पार्टीको भूमिकाका विषय छलफल हुने प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् ।
      सचिवालय सदस्यहरुको बैठकमा स्थानीय पूर्वाधार विकास कार्यक्रमको ६ करोड संघिय सांसदले बाँड्ने पाउने र थप २ वटा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँड बारे पनि छलफल हुने श्रोतले बताएको छ ।

सचिवालय बैठकमा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चर्जा लालबहादुर थापा सहीत प्रदेश कमिटी सदस्य सहभागि हुने भएका छन् । बैठकका लागि पार्टी अध्यक्ष कालीबहादुर शाही सहित कार्यालय सदस्यको टिम र सचिवालय सदस्यहरु मार्तडी आउनेक्रम जारी रहेको छ ।

पार्टी भित्रको विवाद धरातलमै पुगेको समयमा बाजुरा जिल्ला कमिटी सचिवालय सदस्यको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा बाजुरामा अझै केही विभागको बारेमा टुंगो लागि सकेको छैन्, भने सचिवालय सदस्यको जिम्मेवारीमा समेत केहीको फरक मत देखिएको छ ।  
  
 



आइतबार ०७, मङि्सर २०७७ ०८:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.