बाजुराको जगन्नाथमा ‘विप्लव’ समुहका एक जना कार्यकर्ता पक्राउ

नजिक न्युज संवाददाता    

बाजुराको जगन्नाथमा ‘विप्लव’ समुहका एक जना कार्यकर्ता पक्राउ

बाजुराः बाजुरामा प्रहरीले ‘विप्लव’ समुहका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं.४ का विप्लव समुहका कार्यकर्ता अंगराज भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिनुभयो । 

विप्लव समुहका कार्यकर्ता भण्डारीलाई शनिबार जगन्नाथ गाउँपालिका वडा नं.३ मा पक्राउ गरेको उनले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख महराले बताए ।  
 



आइतबार ०७, मङि्सर २०७७ ०६:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.