बाजुरामा राष्ट्रिय प्रशारण लाइन विस्तार, बुढीगंगाको बसाली टोल झिलिमिली

प्रतिनिधी सभा सदस्य थापाले गरे उद्घाटन

नजिक न्युज संवाददाता    

बाजुरामा राष्ट्रिय प्रशारण लाइन विस्तार, बुढीगंगाको बसाली टोल झिलिमिली

बाजुरा : नेपाल विद्युत प्राधिकरणले बाजुरामा विद्युत सेवा विस्तार गरेको छ । राष्ट्रिय प्रशारण लाइन मार्फत बाजुराको बुढीगंगा नगरपालिका ३ बसालीबाट जिल्लामा विद्युत लाइन विस्तार गरेको हो ।  

जिल्लाको नौ वटै स्थानीय तहमा राष्ट्रिय विद्युत प्रशारण लाइन जडान गर्ने उदेश्य सहीत पहिलो पटक बुढीगंगाको बसाली गाउँबाट विद्युत सेवा सञ्चालन गरिएको नेपाल विद्युत प्राधिकरणका बाजुरा कार्यालय प्रमुख महेश चन्द्र भट्टले बताएका छन् । 

No description available.बाजुरामा जडान गरिएको प्रशारण लाइनको प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले विजुलीको स्वीच अन गरेर उद्घाटन गरेका छन् । लाइन विस्तारसँगै बुढीगंगा नगरपालिका ३ का ५२ परिवारले विद्युत सेवा उपयोग गर्न पाएको वडा अध्यक्ष खडक अधिकारीले बताएका छन् ।

साविक ब्रह्मतोला गाविस र हालको १, २ र ३ नम्बर वडामा विजुली विस्तार गर्ने योजना सहीत प्रशारण लाइन जडान गरिएको हो । बसालीका स्थानीयले पहिलो पटक विद्युत सेवा उपयोग गर्न पाउँदा खुसी भएका छन् ।

विद्युत लाइन विस्तारको उद्घाटनका लागि पुगेका प्रतिनिधी सभा सदस्य लालबहादुर थापा सहीतलाई स्थानीयले भव्य स्वागतका साथ पञ्चे बाजाले अभिनन्दन गरेका छन् । बर्षौदेखिको सपना पुरा भएको र अँध्यरोबाट उज्यालो युग सुरु भएको स्थानीयले प्रक्रिया दिएका छन् ।

वडामा पर्ने अझै १४ टोल मध्ये २ वटा बस्तीमा मात्र विद्युत विस्तार भएकोले तत्काल अरु बस्तीटोलमा पनि लाइन विस्तार हुनु पर्ने स्थानीय समेत रहेका वडा सदस्य कल्लाने दमाइको माग थियो । लाइन जडान गरिएपनि ट्रान्सफर्मर आएलगत्तै अन्य बस्तीमा पनि विद्युत विस्तार हुने प्राधिकरणले बताएको छ ।

स्थानीय लघु जलविद्युत उत्पादन गरेर विजुली सेवा सञ्चालनमा रहेपनि विद्यूत प्राधिकरणले भने बसालीबाटै लाइन विस्तार सुरु गरेको हो । २ वर्ष पहिले नै जडान गर्ने लक्ष्य राखिएपनि केही प्राविधिक पक्ष र कोरोनाका कारण ढिलो भएको बताईएको छ ।

No description available.विद्युत जडान पछि स्थानीय खुसी भएका छन्, भने लाइन विस्तारमा अगुवाइ गर्ने नेताहरु पनि हर्षित देखिएका छन् । जिल्लामा अझै आधा बढी जनसंख्या विद्युतको उज्यालोबाट वञ्चित बनेको छ । 

ती सबै बस्तीलाई उज्यालो पार्ने योजना सहीत प्रक्रिया र काम कारवाही अघि बढीरहेको नेकपा केन्द्रीय सदस्य समेत रहेका सांसद थापाले बताएका छन् । केही समय भित्रै बुढीगंगा १, २ र ३ मा सबैजसो बस्तीमा प्रशारण लाइन पुग्ने भएको छ ।



शनिबार ०६, मङि्सर २०७७ ०८:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.