आगलागी पीडितको घर निर्माणमा नेकपा नेता ओलीले थाले पहल, व्यक्तिगत ५ हजार सहयोग

नजिक न्युज संवाददाता    

आगलागी पीडितको घर निर्माणमा नेकपा नेता ओलीले थाले पहल, व्यक्तिगत ५ हजार सहयोग

बाजुरा :  दीपावलीको दिन जलाइएको मनबत्तीको आको सल्कीएर घरमा आगलागी भएर बेघरबार बनेको घुर्रेदास दमाइको परिवारको उद्दारमा नेकपा नेता लालबहादुर ओलीले चासो देखाएका छन् । आगलागी पीडित परिवारको घरमै पुगेर ओलीले घर निर्माण देखि तत्कालिन समस्या समाधानका लागि पहल थालेका छन् । 

सामाजिक अभियान्ता समेत रहेका नेकपा बाजुरा कार्यालय सदस्य ओलीले तत्कालित समस्या समाधानका लागि व्यक्तिगत ५ हजार रुपैया नगद सहयोग गरेका छन् । श्रीमान विदेशमा रहेको र ६ वर्षको छोरासँगै बसेकाका दुई आमा छोरालाई खानाका लागि ओलीले सहयोग गरेका हुन् ।

घरमा रहेको सबै अन्नपात, लत्ता कपडा सहीत जलेर नष्ट भएरपछि आमाछोरा बेघरबार बनेका छन् । आगलागीबाट प्रहरीले ३ लाख १० हजार बराबरको क्षति भएको प्रतिवेदन तयार पारेको छ ।

दमाइको परिवारको पुर्नस्थापनाका लागि ओलीले घर निर्माण देखि छानो छाउनेसम्मको पहल थालेका हुन् । स्थानीयसँग बसेर घर निर्माण गाउँलेको श्रमदानबाट निर्माण गर्न लगाने, काठको जिम्मेवारी स्थानीय नेकपा नेता पदम कठायतले लिने गरी प्रबन्ध मिलाएका छन् ।

खान बस्ने भाँडाकुँडा र ओड्ने ओछ्याउनेका लागि रेडक्रस र शैक्षिक सामाग्री सहीतको राहतका लागि गैर सरकारी संस्थासँग समन्वय ओलीले सुरु गरेका छन् । घर जलेर पूर्ण रुपमा विस्थापित भएको सातादिन बित्दा पनि स्थानीय सरकार र वडा कार्यालय भने मौन देखिएको छ । 

नेकपा नेता ओली घरमै पुगेर पीडितलाई भेटघाट गरी घर निर्माणका लागि पहल सुरु गरेपछि पीडित आमाछोरा आशावादी बनेका छन् । आर्थिक रुपमा अति गरिब तथा विपन्न भएकै कारण उनीहरुले आफै घर निर्माण गर्न सक्ने अवस्था नै नरहेको स्थानीयको भनाई छ ।



शनिबार ०६, मङि्सर २०७७ ०८:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.