रुपन्देहीमा थप कोरोना संक्रमितको मृत्यु

नजिक न्युज संवाददाता    

रुपन्देहीमा थप कोरोना संक्रमितको मृत्यु

बुटवल : रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सियारी गाउँपालिका-४ की ६५ वषर्ीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलेलले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १०३ पुगेको छ ।



शनिबार ०६, मङि्सर २०७७ ०४:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.