भारतीय पेन्सनधारी नेपालीका लागि झुलाघाट नाका खोलिने

नजिक न्युज संवाददाता    

भारतीय पेन्सनधारी नेपालीका लागि झुलाघाट नाका खोलिने

बैतडी: भारतीय पेन्सनधारी नेपाली नागरिकका लागि भन्दै बैतडीको झुलाघाट नाका खोलिने भएको छ । मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका खुला हुने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । पेन्सन बुझ्नका लागि सजिलो होस भनेर ५ दिनका लागि नाका खोलिने उनले बताए । 

सहायक प्रमुख जिल्ला अधिकारी नेगीका अनुसार नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको हो । नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने जिल्ला प्रशासनले जनाएको छ ।



शनिबार ०६, मङि्सर २०७७ ०४:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.