पीसविनले गर्यो ३९३ जना विपन्न महिलाहरुलाई राहत सहयोग

नजिक न्युज संवाददाता    

पीसविनले गर्यो ३९३ जना विपन्न महिलाहरुलाई राहत सहयोग

बाजुरा : पीसविन र युनेस्कोनेपालको साझेदारीमा सञ्चालित साक्षरता मुलक कक्षामा सहभागि महिलाहरुलाई राहत सहयोग गरिएको छ । कोरोनाले पारेको प्रभावलाई कमगर्न र आर्थिक अभावले समस्यामा परेका परिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग गरिएको हो ।

परियोजनाको कार्यक्षेत्र रहेको त्रिवेणी, बढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा राहत सहयोग गरिएको पीसविन विकास सहकाय खडकराज जैशीले बताएका छन् । 

तीन वटा स्थानीय तहका ३ सय ९३ जनालाई प्रति परिवार ५ हजार बराबरको राहत सामाग्री सहयोग गरिएको छ । राहत खप्तड छेडेदह गाउँपालिका १, २, ४, ५, ६ र ७ का अति विपन्न बस्तीका महिलालाई सहयोग गरिएको हो ।

यस्तै बुढीगंगा नगरपालिकाका १, २, ३, ७ र १० नम्बर वडा र त्रिवेणी नगरपालिकाका १, २, ३ र ९ नम्बर वडाका साक्षरता कक्षामा सहभागि अति विपन्न महिलाका परिवारलाई सहयोग गरिएको पीसविन कार्यक्रम प्रबन्धक जुद्ध रावलले बताएका छन् । 

प्रति परिवार ३० केजी चामल, ३ केजी दाल, २ केजी चिनी, १ केजी लिटो सहीत सरसफाइका सामाग्री सहीत १४ प्रकारका सामाग्री वितरण गरिएको छ । स्थानीय तहका जनप्रतिनिधीको उपस्थितिमा राहत वितरण गरिएको छ ।

पीसविनले यो पटक मात्र युनेस्कोसँगको सहकार्यमा तीन वटा स्थानीय तहमा २० लाख बढीको राहत सहयोग गरेको छ । भने यस अघि कोल्टी क्षेत्रका हिमाली र बुढीगंगा नगरपालिका सहीतका स्थानीय तहमा ५० लाख बढीको राहत सामाग्री सहयोग गरेको थियो ।



आइतबार २३, कार्तिक २०७७ ०६:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.