काजलको विवाह

एजेन्सी    

काजलको विवाह

मुम्बई : बलिउड अभिनेत्री काजल अग्रवाल प्रेमी गौतम किचलुसँग शुक्रबार वैवाहिक बन्धनमा बाँधिएकी छन्। 

काजलको विवाह मुम्बईको ताज होटलमा भएको हो। कोरोना भाइरसको महामारीका कारण विवाहमा सानो जमघट थियो।  यसैबीच काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ। सो तस्बिरमा काजलले रातो रङको लेहंगा, शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छन्। 

३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’बाट डेब्यु गरेकी थिइन्। उनी सन् २००७ मा पहिलो तेलुगु फिल्म ‘लक्ष्मी कल्याणम’मा देखिएकी थिइन्। सन् २००९ मा आएको तेलुगु फिल्म ‘मगधिरा’ले उनको करिअरलाई उचाइमा पुर्‍यायो।



आइतबार १६, कार्तिक २०७७ ०३:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.