बाजुरामा दुई दर्जन काँग्रेसका हस्ती युवाले गरे नेकपा प्रवेश

नेकपा बुढीगंगा नगर कमिटीको शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन

नजिक न्युज संवाददाता    

बाजुरामा दुई दर्जन काँग्रेसका हस्ती युवाले गरे नेकपा प्रवेश

बाजुरा : नेपाली काँग्रेसका हस्ती भनेर चिनिएका बुढीगंगा नगरपालिकाका दुई दर्जन युवाले नेकपा प्रवेश गरेका छन् । काँग्रेसले आफ्नो पार्टीको पुजिँका रुपमा हेरिएका बुढीगंगा नगरपालिका २ र ३ का दुई दर्जन बढी युवाले एक साथ पार्टी छोडेका हुन् ।

नव प्रवेशी २३ जना युवालाई नेकपा केन्द्रीय सदस्यद्धय लालबहादुर थापा र प्रकाश शाहले पार्टी प्रवेश गराएका छन् । नेकपा बुढीगंगा नगर कमिटीले दशै तिहार र छट पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नव प्रवेशीलाई अविरल माला सहीत स्वागत गरिएको नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् ।

काँग्रेसको गलत आश्वासका कारण पार्टी छोडेका र बर्षाै देखि सिंगो परिवार नै नेपाली काँग्रेसमा आवद्ध भएर लागि परेका युवाहरुको जमात एकसाथ नेकपा प्रवेश गरेको नगर कमिटीले बताएको छ ।

पार्टी प्रवेश गर्नेमा किरण थापा, सरेश थापा, शेरबहादुर थापा, पवन थापा, सुनिल थापा, भोविन्द्र थापा, महेश थापा, एकीन्द्र थापा, विनोद थापा, वीरबहादुर ल्वार, खडक नेपाली, नृपराज जैशी, भीम ल्वार, नवराज जैशी, हंशराज जैशी, वीरु ल्वार, गोरख ल्वार, हिरालाल जैशी, धनराज जैशी, पदम नेपाली, जंग ल्वार रहेका छन् ।

यस्तै बुढीगंगा ९ का विकास थापा र आकाशजंग थापाले पनि काँग्रेस छोडेर नेकपा प्रवेश गरेका छन् । नव प्रवेशीको लहर र युवाहरुको नेकपा प्रतिको आकर्षणले नै भविष्य कस्को पक्षमा भन्ने कुरा जानकारी गराएको नेकपा बाजुरा इन्चार्ज समेत रहेका प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले बताएका छन् ।

साविक बह्मतोलामा काँग्रेसमा युवाहरुको खडेरी नै परिसकेको भन्दै केन्द्रीय सदस्य थापाले युवा शक्तिको व्यवस्थापन गर्न पार्टी प्रतिवद्ध रहेको बताएका छन् । प्रदेश मन्त्री समेत रहेका नेकपा केन्द्रीय सदस्य प्रकाश शाहले युवा शक्तिले नै देश निर्माण गर्ने भएकोले निर्माणको भविष्य बोकेको नेकपालाई रोज्नु भएकोमा धन्यवाद दिएका छन् ।

नव प्रवेशी युवाहरुले आश्वास र झुटको खेतीमा राजनीति गर्ने काँग्रेसको असली नियत देखेर नै नेकपा रोजेको बताएका छन् । नव प्रवेशी युवाहरु संरक्षण र सम्मानमा सिंगो पार्टी पक्ति र बुढीगंगा नगर कमिटी कुनै कसर बाँकी नराख्ने नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् ।

नेकपा बुढीगंगा नगर कमिटीको शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन 

नेकपा बुढीगंगा नगर कमिटीले दशैं, तिहार छठ विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नगर कमिटीले बुढीगंगा नगरपालिकाको फालासैनमा अगुवा नेता कार्यकर्ता भेला बोलाएर शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गरेको हो ।

नगर कमिटी अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य लालबहादुर थापा रहनु भएको थियो । भने विशिष्ठ अतिथि नेकपा केन्द्रीय सदस्य एवं प्रदेश मन्त्री प्रकाश शाह रहनु भएको थियो ।

नगर कमिटी सचिव भरत कुँवर सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य नगर कमिटी सचिवालय सदस्य विमला थापाले गर्नु भएको हो । कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य भरत थापा, रामबहादुर बाँनीया, दिपक डिसी, नेताहरु हिक्मत थापा, कृष्ण थापा, देवी खाती सहीत अतिथि रहनु भएको थियो । 

२ सय बढी उपस्थित रहेको कार्यक्रममा बुढीगंगा नगरपालिका ४ नुवाघरका युवाहरुले नेताद्धय लालबहादुर थापा र प्रकाश शाहलाई अलग भेटेर आफ्ना माग पेश गरेका थिए । बडिमालिका क्याम्पस फालासैनमा आयोजना गरेको कार्यक्रमको उत्साह र उपलब्धी मुलक रहेको नगर कमिटीले बताएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लालबहादुर थापाले पार्टी नेता कार्यकर्ताको ध्यान विकास निर्माण र पार्टी संगठन विकासमा हुनु पर्नेमा जोड दिएका छन् । पार्टी भित्रका गुटगत गन्धको प्रवाह नै नगरी पार्टी निर्माणमा लाग्न पनि निर्देशन दिनु भएको छ । उहाँले दशै नयाँ सोच र रचनात्मक काममा बितोस भन्ने शुभकामना समेत दिनु भएको छ ।

बिशिष्ठ अतिथि प्रकाश शाहले आपसी सद्भाव र भाइचारा कायम गर्ने र सिंगो मानव जातीको हितमा काम गर्ने गरी अघि बढ्न शुभकामना दिनु भएको छ । उहाँले प्रदेश सरकारबाट न्यायीक रुपमा योजना दिएपनि धेरै जना असन्तुष्ट रहेकोले माग संवोधन गर्न प्रयत्नरत रहेको बताएका छन् । 



बिहिबार ०६, कार्तिक २०७७ ०८:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.