दशैंभत्ता वाफतको रकम स्वास्थ्य चौकी स्तरउन्नतीका लागि दिने निर्णय

नजिक न्युज संवाददाता    

दशैंभत्ता वाफतको रकम स्वास्थ्य चौकी स्तरउन्नतीका लागि दिने निर्णय

बाजुरा : बडीमालिका नगरपालिका वडा नं.७ का वडा अध्यक्ष लगायत वडा सदस्यले दशैं भत्ता बाफतको रकम स्वास्थ्य चौकी स्तउन्नतीका लागि दिने निर्णय गरिएको छ । विजय दशमीको शुभकामना आदन प्रदान कार्यक्रमको अयोजना गरी आज दशै भक्ताको रकम स्वास्थ्य चौकी चुथीको स्तरउन्नतीका लागि दिने निर्णय गरेको बडीकालिका नगरपालिका वडा नं.९ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । 

बडीमालिका नगरपालिका चुथीमा रहेको स्वास्थ्य चौकीका लागि जग्गा  व्यवस्थापनका लागि सो रकम दिने निर्णय गरेको उनले बताए । स्वास्थ्य चौकीको स्तरउन्नतीका लागि दशैंभत्ताकको रमक वडा अध्यक्ष धर्मराज पाध्याय लगयात अन्य सदस्यहरुले दिने निर्णय आज पारित गरेको हो ।     

वडा अध्यक्ष पाउने १८ हजार रुपियाँ र सदस्यहरुले पाउने ८ हजार रुपियाँ स्वास्थ्य चौकी स्तरउन्नतीका लाीग हस्तान्त्रण गर्ने गरी आज एक कार्याक्रमका बीच निर्णय गरेका बडीमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

त्यस्तै विजय दशमीको शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो । अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रमकमा एकआपमा शुभकामना आदान प्रदान गरेको थियो । शुभकामन कार्यक्रममा नेकपाका नेता नन्दराज पण्डित, नेपाली काँग्रेसका नेता धनराज पण्डित, जंग विक, तुलाराम जैशी, वडा सदस्य धनलाल पाध्याय, पर्याग जैशी, धनपती विक, कार्यलय सदस्य, स्वास्थ्य इन्चार्ज लगायतका सहभागी रहेका थियो ।                       
 



बिहिबार ०६, कार्तिक २०७७ ०८:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.