मुलुकमा राजनितिक अस्थिरता अन्त्य भयो : नेकपा केन्द्रीय सदस्य लाल बहादुर थापा

सकारात्मक सोच र चिन्तन राख्न आग्रह

नजिक न्युज संवाददाता    

मुलुकमा राजनितिक अस्थिरता अन्त्य भयो : नेकपा केन्द्रीय सदस्य लाल बहादुर थापा

बाजुरा :  प्रतिनिधी सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य लाल बहादुर थापाले मुलुकमा राजनीतिक अस्थिरताको अन्त्य भएको बताएका छन् । नेकपा बडीमालिका नगर कमिटीद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै थापाले यस्तो बताएकोे हो । 

अस्थिरताले नेपाली जनताले धेरै दुःख पाएकाले अब स्थायी सरकार, दीगो विकास र सुशासन सहीतको समृद्ध मुलक निर्माणको अभियानमा लाग्न सुझाव दिएका छन् । नेकपा बाजुरा जिल्ला इन्चार्ज समेत रहेका नेता थापाले सकरात्मक कुरालाई आत्मसाथ गर्न कार्यकर्तालाई सुझाव दिँदै मानवीय भावना समेटिएको चिन्तन र चरित्र निर्माण गर्न आग्रह गरेका छन् । 

देश परिवर्तनको ज्योति नेकपा संग रहेको बताउँदै संघीय सांसद समेत रहेका थापाले हालको सरकारले देश विकास गर्ने सकेन भने अन्य कुनै पनि शतिmले गर्ने सामथ्र्य नराख्नेमा जोड दिनुभएको छ । एक फरक प्रसंङ्गमा कुरा कुरा गदैं उहाँले २००७ सालमा मेलमिलापको नारा लगाउने नेपाली काँग्रेस भारतको ईशारामा चलेर मेलमिलापको नारा लगाएको आरोप लगाउनुभएको छ । 

वी.पी.कोईरालाले आफ्नो स्वकीय सचिव समेत भारतीय नागरिक राखेको आरोप लगाउँदै थापाले हालको काँग्रेस अब ईशारा र स्वकीय नपाएर विस्तारै सकिदै जाने व्यङ्गग गर्नुभएको छ । हालको सरकारलाई अवरोध गर्ने हरेक तिकडम रचना गरेको काँग्रेसले कुनै पनि हालतमा कम्युनिष्ट सरकारलाई अवरोध सिर्जना गर्ने नसक्ने ठोकुवा गर्नुभयो । 

विजया दशमी तथा शुभदिपावलीको “बडा दशैं २०७७ वडा उनान्सत्तरी, कोरोना संकक्रमणबाट रहौं होसियारी” भन्ने नाराका वडा कमिटीले साथ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेताहरु भरत बुढा, गगन रावल, जनक बोहरा, अमर खड्का, काँशी विक लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

नगर संगठन कमिटी अध्यक्ष बीर बहादुर रावलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अथिति नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा रहनुभएको थियो । 

कार्यत्रक्रममा नेकपा जिल्ला कमिटी सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, जनक बोहरा, सचिवालय सदस्य अमर खड्का, काँशी विक लगायतका नेताहरु बिशेष अथिति रहनुभएको थियो । नेकपा पार्टी कार्यालय नयाँबजारमा आयोजना गरिएको कार्यक्रममा नेकपाका अगुवा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । 



बिहिबार ०६, कार्तिक २०७७ ०७:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.