बाजुरामा भीरबाट लडेर एक बालिकाको मृत्यु

नजिक न्युज संवाददाता    

बाजुरामा भीरबाट लडेर एक बालिकाको मृत्यु

बाजुरा : भीरबाट लडेर एक बालिको मृत्यु भएको छ । बडिमालिका नगरपालिका वडा नं. ८ का वीरबहादुर थापाकी १७ वर्षीय छोरी विमला थापाको लडेर मृत्यु भएको स्थानीयले जानकारी दिएको छ । 

बडीमालिका  नगरपालिका–८ दुधालसैनको बनमा घाँस काट्ने क्रमा भीरबाट लडेर मृत्यु भएको बताईएको छ । विहान घाँस काट्न गएको र दिउँसोसम्म पनि घर नफर्किएपछि खोजी गर्दा उनललाई मृत अवस्था फेला पारेको आफन्त जानकारी दिएका छन् । 

मृतक थापा मालिका नमुना माद्यामिक विद्यालयमा कक्षा–१० मा अध्ययन गर्दे आएका थिइन् । मृतक थापाको आजै हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।      



बिहिबार ०६, कार्तिक २०७७ ०४:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.