ललितपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

नजिक न्युज संवाददाता    

ललितपुरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारी पुलमा सामान बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट ललितपुरतर्फ गइरहेको बा १२ च ४२२८ नम्बरको बोलेरो गाडीले आज बिहान ५ बजे ठक्कर दिँदा ललितपुर इमाडोलका ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।

ठक्करबाट इमाडोलकै ७० वर्षीय भाइलाल महर्जन घाइते भएका छन् । ठक्कर दिएर भागेको सो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



बिहिबार ०६, कार्तिक २०७७ ०२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.