दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

नजिक न्युज संवाददाता    

दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

दार्चुला: दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका–२ गाडागाउँमा भीरबाट लडेर सोही ठाउँका ७७ वर्षीय नन्दराज भट्टको मृत्यु भएको हो। खर काट्ने क्रममा भीरबाट खसेका भट्ट बेलुकी ५ बजेतिर मृत अवस्थामा फेला परेको मृतकका आफन्त श्यामराज भट्टले बताए। 



शनिबार ०१, कार्तिक २०७७ ०३:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.